रणवीरको शमशेरालाई १ करोड जरिवाना
शनिबार, ०४ भदौ २०७९, १२ : ०७
दिल्ली उच्च अदालतले रणवीर कपुरको फिल्म ‘शमशेरा’लाई ओटीटीमा रिलिज गर्न अनुमति दिएको छ । अदालतले यशराज फिल्मस्लाई अगष्ट २२ सम्ममा अदालतको रजिष्ट्रीमा एक करोड रुपैंयाँ जम्मा गर्नसमेत भनेको छ । यो मामला कपी राइट उल्लङ्घनसँग जोडिएको छ ।
फिल्मको ओटीटी रिलिजसँग जोडिएको मामलामा सुनुवाई गर्दै न्यायाधीश ज्योति सिंहले विक्रमजीत भूल्लरद्वारा दायर एक मुद्धामा यो आदेश जारी गरिएको हो । भुल्लरले फिल्म निर्माताले उनको साहित्यिक कृति ‘कबहु ना छाडे खेत’ को कपी राइट उल्लंघन गरेको दाबी गरेका छन् ।
अदालतले तोकिएको समयमा पैसा जम्मा नगरे ओटीटीमा फिल्म प्रसारणमा रोक लगाउने र त्यो अगष्ट २३ बाट कार्यान्वयन हुनेसमेत बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण