सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

रुसी हमलामा ९ हजार युक्रेनी मारिएको किभको स्वीकारोक्ति

मङ्गलबार, ०७ भदौ २०७९, ०६ : २३
मङ्गलबार, ०७ भदौ २०७९

रुसी हमलामा करिब ९ हजार युक्रेनी सेना मारिएका छन् । रुसको हमला सुरु भएदेखि करिब ९ हजार युक्रेनी सैनिक मारिएका युक्रेनका कमाण्डर इन–चीफ भ्यालेरी जालुज्नीले बताए ।

भलेरी जालुज्नीले एक फोरमलाई युक्रेनका बच्चाहरूलाई विशेष ध्यान दिनु पर्ने बताएका छन् । उनीहरूका बुबाहरू युद्धको अग्रमोर्चामा गएका र मारिएका करिब ९ हजार नायकहरू मध्ये हुन सक्ने उनले बताए । 

झन्डै ६ महिना लामो युद्धमा युक्रेनी अधिकारीहरुले सैन्य क्षतिको बारेमा बिरलै जानकारी दिने गरेका छन् । यसअघि अप्रिलमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी हमलामा ३ हजार युनेक्री सेना मारिएका र १० हजार घाइते भएको जनाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप