पूर्व वडाध्यक्षको निधनमा पुनर्वास नगरपालिकाले दियो शोक बिदा
बिहीबार, ०९ भदौ २०७९, ११ : ५७
कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिकाले पूर्व वडाध्यक्ष निधनमा नगरभर शोक विदा दिएको छ । वार्ड नं ४ का पुर्व वडाध्यक्ष प्रेम बहादुर बस्नेतको निधन भएपछि सो नगरपालिकाले विहीबार शोक बिदा दिएको हो ।
नगरको समग्र विकासमा पूर्व वडाध्यक्ष बस्नेतको अतुलनीय योगदान रहेको भन्दै उनको सम्मानसहित शोक बिदा दिने निर्णय भएको नगरप्रमुख तोयप्रसाद शर्माले जानकारी दिए ।
क्यान्सरका कारण विगत लामो समयदेखि बिरामी रहेका उनको निधन भएको हो । प्रेम बहादुर बस्नेत २०७४ सालको स्थानीय निर्वाचनमा वार्ड नं. ४ बाट नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण