शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पूर्व वडाध्यक्षको निधनमा पुनर्वास नगरपालिकाले दियो शोक बिदा

बिहीबार, ०९ भदौ २०७९, ११ : ५७
बिहीबार, ०९ भदौ २०७९

कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिकाले पूर्व वडाध्यक्ष निधनमा नगरभर शोक विदा दिएको छ । वार्ड नं ४ का पुर्व वडाध्यक्ष प्रेम बहादुर बस्नेतको निधन भएपछि सो नगरपालिकाले विहीबार शोक बिदा दिएको हो ।

नगरको समग्र विकासमा पूर्व वडाध्यक्ष बस्नेतको अतुलनीय योगदान रहेको भन्दै उनको सम्मानसहित शोक बिदा दिने निर्णय भएको नगरप्रमुख तोयप्रसाद शर्माले जानकारी दिए ।

क्यान्सरका कारण विगत लामो समयदेखि बिरामी रहेका उनको निधन भएको हो । प्रेम बहादुर बस्नेत २०७४ सालको स्थानीय निर्वाचनमा वार्ड नं. ४ बाट नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप