फ्राइडे रिलिज : पूजा भर्सेज केकी र आँचल

आज शुक्रबारबाट एकसाथ दुई फिल्म सार्वजनिक प्रदर्शनमा आए । ति हुन् ‘झिँगेदाउ’ र ‘सम्हालिन्छ कहिले मन’ । दुबै फिल्म फ्राइडे रिलिज अन्तर्गत एकसाथ प्रदर्शनमा आएको हो । ‘झिँगेदाउ’ ज्ञानेन्द्र देउजाले निर्देशक गरेको फिल्म हो भने ‘सम्हालिन्छ कहिले मन’ का निर्देशक सुदर्शन थापा हुन् । फरक विषयबस्तुमा बनेको दुबै फिल्म राम्रो भएको दाबी निर्माण युनिटले गर्दै आएको छ ।
‘झिँगेदाउ’ :
भिमनिधि तिवारीको कृति ‘झिँगेदाउ’ मा आधारित रहेर निर्माण भएको फिल्म ‘झिँगेदाउ’ पारिवारिक कथामा निर्माण भएको फिल्म हो ।
अभिनेत्री केकी अधिकारी, आँचल शर्मा, अभिनेता मुकुन भुषाल, कुशल बिष्ट, हिँउवाला गौतम लगायतको अभिनय रहेको फिल्ममा केकी र आँचल देउरानी जेठानीको भुमिकामा देखिएका छन् ।
कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको फिल्ममा संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल, आशा भुषालको समेत अभिनय देख्न सकिन्छ ।
सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता रहेको फिल्मको सह–निर्मातामा सुशिल दाहाल र ईश्वर घिमिरे हुन् । फिलमको प्रदर्शन मिति १७ भदौ तोकिएको छ ।
‘सम्हालिन्छ कहिले मन’ :
अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माको मुख्य भुमिका रहेको ‘सम्हालिन्छ कहिले मन’ कोरोना महामारी अगाडि निर्माण भएको र पटकपटक रिलिज मिति सर्दै आएको फिल्म हो । त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्मको एबी इन्टरनेशलको ब्यानरमा निर्माण भएको हो । फिल्ममा पूजा र आकाशका अलावा गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्य लगायत कलाकारको मुख्य अभिनय छ ।
फिल्मबाट अभिनेताको रुपमा सोनम तोप्देनले डेब्यू गरेका छन् । भारतीय मुलका गायक उनी तिब्बतमा बस्दै आएका छन् । अमित बस्नेत निर्माता रहेको फिल्मको सह–निर्मातामा परी राना र अजितकुमार थापा र कार्यकारी निर्मातामा सनिस खकुरेल र अंकित गौतम हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपूर्व एनआरएनएको नेतृत्वमा हेपिएको छ, यो पल्ट त्यस्तो नहोस् : आरके शर्मा
-
सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता आयोगको अध्यक्षमा तीन दलको ‘बार्गेनिङ’
-
किशोर-किशोरीको सुरक्षाका लागि टिकटकको ‘फ्यामिली पेयरिङ’
-
सिरहाबाट दुई थान भरुवा बन्दुक बरामद
-
व्यवस्था परिवर्तन भए पनि नागरिकको जीवनस्तर सुधार हुन सकेन : पूर्व राष्ट्रपति भण्डारी
-
भक्तपुरबाट जुवातास खेलिरहेका १० जना पक्राउ