शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

लिभरपुल बराबरीमा रोकियो

शनिबार, १८ भदौ २०७९, १९ : ४२
शनिबार, १८ भदौ २०७९

लिभरपुल प्रिमियर लिग फुटबल अन्तर्गत एभर्टनविरुद्धको खेलमा गोलरहित बराबरीमा रोकिएको छ । शनिबार एभर्टनको मैदानमा भएको खेलमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा लिभरपुलले बराबरी खेलेको हो । 

खेलको ६९ औँ मिनेटमा एभर्टनका कोनर कोडीले गरेको गोलले मान्यता पाएन । भीएआरले उनको गोललाई अफसाइड देखाएको थियो । लिभरपुलको यो सिजनको तेस्रो बराबरी हो । बराबरीसँगै लिभरपुलले ६ खेलमा ९ अंक जोडेको छ । लिभरपुल पाँचौँ स्थानमा छ । यता एभर्टन ४ अंक जोडेर १४ औँ स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप