शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेबाट उदयपुरमा प्रतिनिधि सभा सदस्यका लागि ११ जनाको नाम सिफारिस

सोमबार, २० भदौ २०७९, ०६ : ४९
सोमबार, २० भदौ २०७९

नेकपा एमालेले प्रतिनिधि सभा सदस्यका लागि ११ जनाको नाम सिफारिस गरेको छ । उदयपुरको २ वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १ बाट पाँच जनाको नाम सिफारिस भएको छ भने क्षेत्र नम्बर २ बाट ६ जनाको नाम सिफारिस भएको छ । आइतबार बसेको नेकपा एमाले उदयपुरका दुवै क्षेत्रको बैठकले प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा सहमति जुट्न नसकेपछि ११ जनाको नाम केन्द्रमा सिफारिस गरेको हो ।

जिल्लाको क्षेत्र नम्बर १ बाट एमाले पोलिटब्यूरो सदस्य मञ्जुकुमारी चौधरीसहित एमाले प्रदेश १ कमिटी सदस्य डा. देवराज रोका (कल्याण), प्रदेश कमिटी सदस्यहरू विमल कार्की र सुरेश तामाङ सिफारिस भएका छन् । मञ्जुकुमारी चौधरी यसअघि पनि प्रतिनिधि सभा सदस्यको उम्मेदवार थिइन् । कांग्रेस नेता तथा परराष्ट्रमन्त्री नारायण खड्कासँग पराजित भएकी थिइन् । त्यस्तै विमल कार्की प्रदेश सांसद हुन् । अघिल्लो प्रदेश सभा चुनावमा उदयपुर क्षेत्र नम्बर १ मा रहेको दुई क्षेत्र मध्ये कार्की (क) बाट निर्वाचित भएका थिए ।

त्यस्तै क्षेत्र नम्बर २ बाट एमाले प्रदेश १ का उपसचिव शैलेस लामासहित एमाले प्रदेश १ कमिटी सदस्यहरू बेदप्रसाद पोखरेल, कला घले, अम्बरबहादुर रायमाझी, प्रेम गौतम, भेषराज थापा र जिल्ला कमिटी उपाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ सिफारिस भएका छन् ।

कला घले अघिल्लो प्रदेश सभाको चुनावमा निर्वाचित प्रदेश सांसद तथा मन्त्रीसमेत थिइन् । घले उदयपुर क्षेत्र नम्बर २ को (ख) बाट निर्वाचित भएकी थिइन् ।  त्यस्तै शैलेस लामा अनेरास्ववियुका पूर्व उपाध्यक्षसमेत हुन् ।

त्यसैगरी निर्वाचन क्षेत्र १ (क) बाट कुशलबाबु बस्नेत, धनपति आचार्य, नारद निरौला, राजेन्द्र कटुवाल, भीम पौडेल, शम्भु पौडेल, ईश्वरा पौडेल गेलाल सिफारिस भएको छ । निर्वाचन क्षेत्र १ (ख) बाट ईश्वरमणि राउत, प्रकाशकुमार बस्नेत, प्रमेश्वर घिमिरे र महेश रेग्मीको नाम सिफारिस भएको छ । 

त्यसैगरी निर्वाचन क्षेत्र २ (क) खेम पाचे मगर, गजेन्द्रबहादुर खड्का, जीवन कार्की, देवराज राई, तेजबहादुर राउत, चक्रबहादुर गुरुङ (अर्जुन), हिमबहादुर मगर सिफारिस भएका छन् ।

त्यसैगरी निर्वाचन क्षेत्र २ (ख) बाट सञ्जीव कार्की , नोखबहादुर श्रेष्ठ , कृष्णराज दनुवार , रतन पोखरेल, रेणुका मल्ल ठकुरी, लालबहादुर भण्डारी, रमेश तिवारी, तुलसी चौलागाई, नवराज पोखरेल, जीवनाथ दाहाल, शोभा कार्की, र उद्धवसिंह थापा रहेका छन् ।

त्यसैगरी निर्वाचन क्षेत्र (ख) बाट समानुपातिकका लागि कमलमाया राई, भीम दर्नाल, तारा तामाङ र मनोज तामाङको नाम सिफारिस गरेको छ । -न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप