रुसी हमला बिफल पार्न ट्रसले सहयोग गर्नेमा विश्वस्त छु : जेलेन्स्की
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बेलायतमा कन्जर्भेटिभकी नयाँ नेतृ लिज ट्रसले युक्रेनमाथिको जारी रुसी हमलालाई बिफल पार्न किभलाई सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । हप्तौसम्म विभिन्न चरणको निर्वाचनपछि ट्रस सोमबार कन्जर्भेटिभ नेतृमा विजयी भएकी थिइन् । उनी आज बेलायतको प्रधानमन्त्री हुँदैछिन् ।
जेलेन्स्कीले आफ्नो दैनिक सम्बोधनमा आफू ट्रससँग सहयोगको सुरुवातको लागि तत्पर रहेको बताए । ‘ हामी सँगसँगै हाम्रा नागरिकको रक्षा गर्न र सबै रुसी विनाशकारी प्रयासलाई विफल पार्न सक्षम हुनेछौं’, जेलेन्स्कीले भने।
‘युक्रेनमा हामी उहाँलाई राम्ररी चिन्छौं । उनी सधैं युरोपेली राजनीतिको उज्यालो पक्षमा छिन’, राष्ट्रपति जेलेन्स्कीले भने, ‘मुख्य कुरा भनेको हाम्रो एकता जोगाउनु हो ।’ २४ फेब्रुवरीमा रुसी हमलापछि बेलायत युक्रेनप्रति समर्थन जनाउँदै रुसको आलोचना गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण