जिल्ला अस्पताल लमजुङमा बढ्यो विरामीको चाप
जिल्ला अस्पताल लमजुङमा विरामीको चाप बढेको छ । दैनिक तीन सय ५० जनासम्म विरामी आउने गरेको अस्पतालले जनाएको छ । अस्पतालका प्रमुख हेमन्त श्रेष्ठका अनुसार दैनिक तीन सयदेखि तीन सय ५० जनासम्म अस्पतालमा स्वास्थ्य परीक्षणका लागि आउने गरेका छन् ।
अस्पतालमा साउनयता विरामीको संख्या बढ्दै गएको छ । वृद्धवृद्धा, बयस्क देखि वृद्धवृद्धासम्म विरामी परेका छन् । अधिकांशका ज्वरो, रुघाखोकी, झाडापखाला, पेट दुख्ने र दमका बिरामीहरू बढी देखिएको छ ।
वर्षातको समय, गर्मी मौसम, दूषित पानीको प्रयोग, खानपानमा ध्यान नपुग्दा विरामी बढेको चिकित्सकहरू बताउँछन् । वृद्धवृद्धा र बालबालिकाको रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले उनीहरूमा छिट्टै संक्रमण हुने गरेको छ । वृद्धवृद्धामा दम, छाती दुख्ने समस्या र बालबालिकामा सुक्खा खोकी, श्वासप्रश्वाससम्बन्धी समस्या बढी देखिएको छ । अस्पतालमा आउनेलाई खानपानमा र सरसफाईमा ध्यान पुर्याउन अस्पतालले सल्लाह, परामर्श दिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलात्कार मुद्दाका फरार अभियुक्त १६ वर्षपछि पक्राउ
-
विद्युत् महसुल विवादबारे उच्चस्तरीय आयोगले बुझाएको प्रतिवेदनमा के छ ?
-
विभिन्न अफरसहितको यामाहाको महाएक्सचेन्ज मेला सुरु
-
एनआईसी एशियाद्वारा सामुदायिक विद्यालयहरूमा पुस्तकालय भवन हस्तान्तरण
-
इजरायलद्वारा अल जजिरा च्यानलमाथि प्रतिबन्ध
-
जापानी विदेशमन्त्रीको नेपाल भ्रमण : दुई पक्षीय सम्बन्ध प्रगाढ बनाउन केन्द्रित