फष्टलुकमा यस्तो देखियो सोहित र अशिस्माको फिल्म लाखे आजु’
नेपाल भाषाको फिल्म ‘लाखे आजु’को फष्टलुक पोस्टर सार्वजनिक भएको छ । शुक्रबार परेको इन्द्रजात्राको अवसर पारेर निर्माण युनिटले फिल्मका पोष्टर सार्वजनिक गरेको हो । पोस्टरमा लाखे र फिल्मका मुख्य कलाकार सोहित मानन्धर र अशिस्मा नकर्मी प्रधान अटाएका छन् ।
बिके फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म आर्यम नकर्मीले निर्देशन गरेका हुन् । गोपाल काजी कायस्थ, प्रदीप कुमार उदय, नरेन्द्र महर्जन, आशिष्मा नकर्मी प्रधान र दीपक श्रेष्ठ फिल्मका निर्माता हुन् । फिल्म चाँडै प्रदर्शन मिति घोषणा हुनेछ ।
नेपाल भाषाको पौराणिक कथा उठान गरेको फिल्ममा मदनदास श्रेष्ठ, सविन शाक्य, नगीना जोशी, गणेश राम लाछी, राजेन्द्रमान शाक्य, अन्नपुर्णेश्वरी श्रेष्ठ लगायतका कलाकारको अभिनय छ । फिल्ममा बरिष्ठ हास्य कलाकार तथा अभिनेता मदनकृष्ण श्रेष्ठले विशेष भुमिकामा अभिनय गरेका छन् ।
‘लाखे आजु’मा सुशन प्रजापति र दिपेन बस्न्यातको छायांकन, मनराज नकर्मीका संगीत, भुवन श्रेष्ठको डान्स कोरियोग्राफी, दुर्गालाल श्रेष्ठ, भिम बहादुर नकर्मी र निर्देशक आर्यम नकर्मीको गीत रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण