आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

रुसबाट १ हजार वर्ग किमी क्षेत्र फिर्ता गरिएको युक्रेनको दाबी

शनिबार, २५ भदौ २०७९, १० : ३१
शनिबार, २५ भदौ २०७९

युक्रेनले गत हप्ता रुसबाट आफ्नो दक्षिण र पूर्वमा १ हजार वर्ग किलोमिटर (३८५ वर्ग माइल) भन्दा बढी क्षेत्र फिर्ता लिएको जनाएको छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले खार्किभ क्षेत्रमा ३० भन्दा बढी बस्ती मुक्त गरिएको बताएका छन् ।

खार्किभ क्षेत्रमा रुसका शीर्ष कब्जा अधिकारीले युक्रेनी सेनाले “महत्वपूर्ण विजय“ जितेको स्वीकार गरे । भिटाली गान्चेभले रुसी टिभीलाई युक्रेनीहरूले रुसी रक्षा रेखा तोडेको बताए ।

उनले रुसी नियन्त्रणमा रहेको खार्किभको सबैभन्दा महत्वपूर्ण  सहरी केन्द्र कुपियान्स्क र अन्य दुई सहरबाट सर्वसाधारणलाई बाहिर निकालिएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप