वाम गठबन्धनलाई सरकारको जवाफ – त्यत्तिकै सत्ता छाड्न सकिन्न, सरुवा-बढुवा पनि हुन्छ
काठमाडौं– वाम गठबन्धनले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गरिदिन आग्रह गरिरहेको बेला सरकारले राष्ट्रिय सभाको गठनपछि मात्रै सत्ता सुम्पने स्पष्ट पारेको छ ।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले सरकारले अत्यावश्यक ऐन मानि पेश गरेको अध्यादेशलाई राष्ट्रपतिले स्विकृत गरेपछिमात्रै सत्ता हस्तान्तरण गर्न वातावरण बन्ने बताएका छन् ।
मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले अध्यादेश रोकिँदा प्रतिनिधि र प्रदेशसभा निर्वाचन ऐन पूर्ण रुपमा कार्यन्वयनमा आउन नसकेको भन्दै संविधानको धारा ८४ र ८६ अनुसार राष्ट्रिय सभा गठन नभई सरकार छोड्न नसकिने बताए ।
कानुनअनुसार समानुपातिकतर्फ प्रतिनिधी र प्रदेशसभाको सिट बाँडफाड गरि व्यक्ति एकिन भएपछि सरकार गठनको प्रक्रिया शुरु हुने उनले बताए ।
वर्तमान सरकार कानुनी जटिलता निम्त्याएर सरकारको आयु लम्व्याउने पक्षमा नभएको समेत उनको दाबी थियो ।
प्रत्यक्षको तर्फको नतिजा हेरेर अबधारणा बनाउनु एकांकी हुने सरकारको दावी छ । सरकारको पक्षबाट पेस गरिएको अध्यदेशलाई दुई महिना अघि देखि राष्ट्रपतिले रोकिराखेको प्रति दुखेसो पोख्दै उनले राष्ट्रपति दलिय अनुकुलतामा प्रयोग गर्ने दुस्प्रयासको आभास भएको बताए ।
सम्पन्न निर्वाचन पछि बिपक्षी दलमा अहंमता बढेको आरोप समेत लगाए ।
सरकार कामचलाउ बनेकोले सरुवा बढुवा तथा नियुक्त नगर्न विपक्षीको कडा चेतावनीलाई चुनौती दिदैं बस्नेतले वर्तमान सरकार रहुन्जेल नियुक्ति, सरुवा तथा बढुवा जारी रहने बताए ।
विगतमा सरकारले राजिनामा दिएर पनि नियुक्तिहरु भएको जिकीर गर्दै बस्नेतले यो सरकार कामचलाउ नभएको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण