शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

वाम गठबन्धनलाई सरकारको जवाफ – त्यत्तिकै सत्ता छाड्न सकिन्न, सरुवा-बढुवा  पनि हुन्छ

मङ्गलबार, ०४ पुस २०७४, १६ : १८
मङ्गलबार, ०४ पुस २०७४

काठमाडौं– वाम गठबन्धनले नयाँ सरकार गठनका लागि  मार्ग प्रशस्त गरिदिन आग्रह गरिरहेको बेला सरकारले राष्ट्रिय सभाको गठनपछि मात्रै सत्ता सुम्पने स्पष्ट पारेको छ ।  

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले सरकारले  अत्यावश्यक ऐन मानि पेश गरेको अध्यादेशलाई राष्ट्रपतिले  स्विकृत गरेपछिमात्रै सत्ता हस्तान्तरण गर्न वातावरण बन्ने बताएका छन् । 

मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा  मन्त्री बस्नेतले  अध्यादेश रोकिँदा  प्रतिनिधि र प्रदेशसभा निर्वाचन ऐन पूर्ण रुपमा कार्यन्वयनमा आउन नसकेको भन्दै संविधानको धारा ८४ र ८६ अनुसार राष्ट्रिय सभा गठन नभई सरकार छोड्न नसकिने बताए । 

कानुनअनुसार समानुपातिकतर्फ प्रतिनिधी र प्रदेशसभाको सिट बाँडफाड गरि व्यक्ति एकिन भएपछि सरकार गठनको प्रक्रिया शुरु हुने उनले बताए । 
वर्तमान सरकार कानुनी जटिलता निम्त्याएर सरकारको आयु लम्व्याउने पक्षमा नभएको समेत उनको दाबी थियो । 


 प्रत्यक्षको तर्फको नतिजा हेरेर अबधारणा बनाउनु एकांकी हुने सरकारको दावी छ । सरकारको पक्षबाट पेस गरिएको अध्यदेशलाई दुई महिना अघि देखि राष्ट्रपतिले रोकिराखेको प्रति दुखेसो पोख्दै उनले राष्ट्रपति दलिय अनुकुलतामा प्रयोग गर्ने दुस्प्रयासको आभास भएको बताए । 

सम्पन्न निर्वाचन पछि बिपक्षी दलमा अहंमता बढेको आरोप समेत लगाए । 

सरकार कामचलाउ बनेकोले सरुवा बढुवा तथा नियुक्त नगर्न विपक्षीको कडा चेतावनीलाई चुनौती दिदैं बस्नेतले वर्तमान सरकार रहुन्जेल नियुक्ति, सरुवा तथा बढुवा जारी रहने बताए ।

 विगतमा सरकारले राजिनामा दिएर पनि नियुक्तिहरु भएको जिकीर गर्दै बस्नेतले यो सरकार कामचलाउ नभएको दाबी गरे ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप