सिरहाका सवै पालिकाबाट राष्ट्रिय परिचयपत्र बन्ने
जिल्ला प्रशासन कार्यालय सिरहाले जिल्लाको सवै पालिकाबाट राष्ट्रिय परिचयपत्र बन्ने बताएको छ । जिल्ला प्रशासन कार्यालय सिरहामा सेवाग्राहीको भिड अत्यधिक लाग्ने गरेको भन्दै एक सूचना जारी गरी असोज २ गतेबाट जिल्लाको १७ वटै पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण गर्न लागिएको हो ।
सिरहा प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीको हस्ताक्षरमा जारी सूचनामा जिल्लामा २०७७ कात्तिक २६ गतेबाट राष्ट्रिय परिचयपत्र बनाउने कार्य भइरहेको भए पनि सेवाग्राहीको भीडभाडलाई मध्यनजर राखि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट सिरहाको १७ वटै पालिकाहरुमा स्टेशन खडा गरी परिचयपत्र बनाउने उल्लेख गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सिरहाद्वारा जारी सूचनामा परिचयपत्र बनाउन बाँकी रहेका सिरहाबासीलाई असोज २ गते आइतबारबाट आ–आफ्नै पालिकामा सम्पर्क गर्न सुचना जारी गरिएको सिरहा प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण