निर्वाचन आयोग डुबानमा, मुख्य गेटदेखि पार्किङस्थलसम्म बन्यो पोखरी (तस्बिरमा हेर्नुस्)
सोमबार, ०३ असोज २०७९, १६ : १९
कान्तिपथस्थित निर्वाचन आयोगको केन्द्रीय कार्यालय परिसर डुबानमा परेको छ । सोमबार दिउँसो परेको वर्षाले आयोगको मुख्य प्रवेशद्वारदेखि पार्किङ स्थलसम्म पानी जमेर पोखरी बनेको छ । आयोग परिसरमा पानी जमेपछि हिँडेर आयोगमा दल दर्ताका लागि पुगेका राजनीतिक पार्टीका प्रतिनिधिहरू जुत्ता हातमा बोकेर कार्यालय प्रवेश गरेका छन् ।
त्यस्तै आयोग परिसरमा पार्किङमा राखेका बाइक, कार डुबेका छन् । कतिपय चिप्लेर समेत लड्न पुगेका छन् । सोमबार समानुपातिक तर्फको बन्द सूची बुझाउने कार्यतालिका भएकाले राजनीतिक पार्टीका प्रतिनिधिहरू बिहानैबाट बन्द सूची बुझाउन आयोगको कार्यलय पुगेका छन् । अपरान्ह चार बजेसम्म ३२ वटा दलले बन्द सूची बुझाउन धरौटी रकम बुझाइसकेका छन् । तस्बिर- कृष्ण खड्का/शम्भु दंगाल/रातोपाटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
-
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन