राजेश पायल राईको प्रश्न– कोही छ मलाई राष्ट्रघाती भन्ने ?
बुधबार, ०५ असोज २०७९, १२ : ४४
गायक राजेश पायल राईले पछिल्लो समय विवादका कारण चर्चामा रहेको फिल्म ‘प्रेम गीत ३’ नेपाली र हिन्दी दुबैमा हेर्ने बताएका छन् । हिन्दी भाषा नेपालमा रिलिज गर्ने र नगर्ने भन्ने बिषयमा विवाद चर्चिरहेको समय उनले यो फिल्म दुबै भाषामा हेर्ने बताएका हुन् ।
उनले केही अगाडि चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले फिल्मको बिषयमा दिएको अभिव्यक्ति प्रति लक्षित गर्दै यो विषयमा आफुलाई राष्ट्रघाती भन्ने कोही कोही छ भनेर प्रश्न गरेका छन् ।
उनले सामाजिक संजालमा फिल्मको पोष्टर समेत शेयर गर्दै लेखेका छन्, ‘ नेपालीमा त हेर्ने नै भए, हिन्दी भाषाको पनि हेर्छु, कोही छ मलाई राष्ट्रघाती भन्ने ? । उनले माया र सपोर्ट नेपाली फिल्म ‘प्रेम गीत ३’ समेत भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण