शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

देउवाको बचाउमा उत्रिए भातृ संगठनका नेता, बानेश्वरमा गरे गोप्य भेला

बुधबार, ०५ पुस २०७४, १७ : ३३
बुधबार, ०५ पुस २०७४

काठमाडौं–चुनाव हारेपछि काँग्रेसभित्र सभापति शेरबहादुर देउवामाथि आन्तरिक हमला शुरु भएपछि देउवा निकटका नेता पनि ‘प्रतिरक्षा’ रणनीति निर्माणमा जुटेका छन् । 

यहीँ क्रममा काँग्रेसका भातृ संगठनमा रहेका देउवा निकट नेताहरुले बुधवार भेला गरेर देउवाको बचाउँमा उत्रने रणनीति तयार पारेका छन् ।

नयाँ बानेश्वरको इन्दे्रणी फुडल्याण्डमा नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर ,प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, शिक्षक संघका अध्यक्ष केशव निरौला, महिला संघकी अध्यक्ष उमा रेग्मी, दलित संघका महासचिव दीपक सोनी र टे«ड युनियनका अध्यक्ष खिलानाथ दाहाललगायतका नेताहरु सहभागी थिए ।
भेलाले के रणनीति तयार पार्यो ?
भेलामा सहभागी एक नेताका अनुसार,
–पार्टीभित्रै केही नेताले विशेष महाधिवेशनको माग गरेकै बेला भेलाले विशेष महाधिवेशन हुन नसक्ने निश्कर्ष निकालेको छ ।

–टिकट वितरणमा सवै नेताको जिम्मेवारी रहेकाले हारको पनि जिम्मेवारी सवैले लिनुपर्ने भेलाको निश्कर्ष छ ।

–केन्द्रीय कार्य समिति हुँदै महासमिति वैठकसम्म पुगेर छलफल गर्ने तर विशेष महाधिवेशनमा जाने मागलाई रोक्ने भेलाको अर्को रणनीति छ ।

–व्यक्तिगत रुपमा पार्टी अध्यक्षलाई नरुचाएर विशेष महाधिवेशनको माग आएको दावी गर्दै भेलाले यस्तो अराजनीतिक मागलाई सम्बोधन गर्न नसक्ने बताएको छ ।

–जस्तो सुकै परिस्थितिमा पनि पार्टी सभापति देउवाको पक्षमा उभिने भेलाको निर्णय छ ।

–पार्टीको आन्तरिक विषयलाई छताछुल्ल पारेको भन्दै पार्टीको अर्को समूहप्रति भेला आक्रोशित देखियो र जिम्मेवार हुन माग गरेको छ । काँग्रेसका केही नेताले विशेष महाधिवेशनको माग गरेको विषयमा भेलाको यस्तो निश्कर्ष आएको हो ।

–महाधिवेसनका लागि दुई वर्ष बाँकी रहेकोले विशेष महाधिवेसन हुँनै नसक्ने प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले बताए । 

याे पनि

कांग्रेसभित्र देउवाको राजीनामा माग्ने तयारी !

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप