देउवाको बचाउमा उत्रिए भातृ संगठनका नेता, बानेश्वरमा गरे गोप्य भेला
काठमाडौं–चुनाव हारेपछि काँग्रेसभित्र सभापति शेरबहादुर देउवामाथि आन्तरिक हमला शुरु भएपछि देउवा निकटका नेता पनि ‘प्रतिरक्षा’ रणनीति निर्माणमा जुटेका छन् ।
यहीँ क्रममा काँग्रेसका भातृ संगठनमा रहेका देउवा निकट नेताहरुले बुधवार भेला गरेर देउवाको बचाउँमा उत्रने रणनीति तयार पारेका छन् ।
नयाँ बानेश्वरको इन्दे्रणी फुडल्याण्डमा नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर ,प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, शिक्षक संघका अध्यक्ष केशव निरौला, महिला संघकी अध्यक्ष उमा रेग्मी, दलित संघका महासचिव दीपक सोनी र टे«ड युनियनका अध्यक्ष खिलानाथ दाहाललगायतका नेताहरु सहभागी थिए ।
भेलाले के रणनीति तयार पार्यो ?
भेलामा सहभागी एक नेताका अनुसार,
–पार्टीभित्रै केही नेताले विशेष महाधिवेशनको माग गरेकै बेला भेलाले विशेष महाधिवेशन हुन नसक्ने निश्कर्ष निकालेको छ ।
–टिकट वितरणमा सवै नेताको जिम्मेवारी रहेकाले हारको पनि जिम्मेवारी सवैले लिनुपर्ने भेलाको निश्कर्ष छ ।
–केन्द्रीय कार्य समिति हुँदै महासमिति वैठकसम्म पुगेर छलफल गर्ने तर विशेष महाधिवेशनमा जाने मागलाई रोक्ने भेलाको अर्को रणनीति छ ।
–व्यक्तिगत रुपमा पार्टी अध्यक्षलाई नरुचाएर विशेष महाधिवेशनको माग आएको दावी गर्दै भेलाले यस्तो अराजनीतिक मागलाई सम्बोधन गर्न नसक्ने बताएको छ ।
–जस्तो सुकै परिस्थितिमा पनि पार्टी सभापति देउवाको पक्षमा उभिने भेलाको निर्णय छ ।
–पार्टीको आन्तरिक विषयलाई छताछुल्ल पारेको भन्दै पार्टीको अर्को समूहप्रति भेला आक्रोशित देखियो र जिम्मेवार हुन माग गरेको छ । काँग्रेसका केही नेताले विशेष महाधिवेशनको माग गरेको विषयमा भेलाको यस्तो निश्कर्ष आएको हो ।
–महाधिवेसनका लागि दुई वर्ष बाँकी रहेकोले विशेष महाधिवेसन हुँनै नसक्ने प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले बताए ।
याे पनि
कांग्रेसभित्र देउवाको राजीनामा माग्ने तयारी !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण