साढे ३८ करोडले बढ्यो काठमाडौं महानगरको आम्दानी
विहीबार, ०६ असोज २०७९, १८ : २१
काठमाडौं महानगरपालिकाको आम्दानी साढे ३८ करोड रुपैयाँले बढेको छ । गत वर्ष २०७८ को असोज ५ गतेको तुलनामा यो वर्षको सोही अवधिमा उक्त आम्दानी बढेको हो । गत वर्षको असोज ५ गते महानगरले १ अर्ब २८ करोड ७१ लाख ३२ हजार ६६८ रुपैयाँ आम्दानी गरेको थियो । जुन, ३८ करोड ४२ लाख ७४ हजार ३१५ रुपैयाँले बढेर १ अर्ब ६७ करोड १४ लाख ६ हजार ९८३ रुपैयाँ पुगेको छ ।
यो गत वर्षको असोज ५ गतेको तुलनामा यो वर्षको सोही अवधिमा २८.८५ प्रतिशतले बढी हो । महानगरले धमाधम वर्षौदेखि नउठेको कर उठाइरहेको छ । भृकुटीमण्डपमा अवस्थित फनपार्कदेखि क्यासिनो, विद्यालय, कलेज, व्यापारिक मल लगायतबाट धमाधम कर उठाइरहेको छ । जसले महानगरको प्रत्यक्ष आम्दानी समेत बढेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनले रुसलाई तर्साउन खोज्यो : राष्ट्रपति पुटिन
-
प्रधानमन्त्रीको भारत भ्रमणको तयारी पूरा, दिल्ली दूतावासलाई चटारो
-
दुग्ध विकास बोर्ड खारेजीप्रति डेरी क्षेत्रको आपत्ति
-
सन्दीपले दिए दक्षिण अफ्रिका जाने राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामना
-
जापानमा पाँच वर्षे कार्ययोजना लागू, गर्मीका कारण हुने मृत्यु आधा घटाउने लक्ष्य
-
मस्को जाने हवाई यानमाथि गोली हानाहान