मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

सीएनआई रोजगार तथा सीप मेला अगाडि ‘स्कील ग्याप एनालाईसीस’ आयोजना

बिहीबार, ०६ असोज २०७९, २१ : ४४
बिहीबार, ०६ असोज २०७९

नेपाल उद्योग परिसंघले ‘सीएनआई रोजगार तथा सीप’ मेला अगाडि दक्षता अन्तर विश्लेषण (Skill Gap Analysis​) आयोजना गरेको छ । परिसंघको शिक्षा परिषद् र रोजगारदाता परिषद्को संयोजनमा आयोजना भएको यस कार्यक्रम नेपाली रोजगार बजारमा प्रवेश–स्तर र मध्य–स्तरका आवेदकहरूका लागि आधारभूत सीप, प्रवेश र मध्यम स्तरका नयाँ जनशक्ति लिने प्रक्रिया र नयाँ जनशक्ति लिदाका चुनौतीलगायत विषयमा केन्द्रित रहेको थियो ।

यसैगरी दक्ष जनशक्ति उत्पादनका लागि शैक्षिक संस्थाहरूलाई सुझाव, रोजगारीका लागि नयाँ पुस्तामा हुनुपर्ने गुण एवं दक्षतालगायतका विषयमा पनि लक्षित समूहमा गहन छलफल तथा सुझाव संकलन गरिएको छ । स्किल ग्याप एनालाइसिसमा सूचना प्रविधि, कृषि, आतिथ्य (Hospitality​) लगायत क्षेत्रका ३० भन्दा बढी कम्पनी सहभागी कार्यक्रमको बौद्धिक पार्टनर मिड भ्याली इन्टरनेशनल कलेज रहेको थियो ।

मुलुकमा हरेक वर्ष न्यूनतम ५ लाख व्यक्तिहरू रोजगारीको खोजीमा हुन्छन् । चालकदेखि व्यवस्थापन तहसम्मका लागि विभिन्न कम्पनीहरूले कर्मचारीहरू माग गरिरहेको पनि देखिन्छ । तर, एकातर्फ आवश्यकता अनुसार कम्पनीहरूले कर्मचारी पाउन सकिरहेका छैनन् भने अर्कोतर्फ रोजगारीको खोजीमा रहेका व्यक्तिहरू आवेदन दिन र सम्बन्धित कम्पनीको सम्पर्कमा जान नसकिरहेको देखिन्छ ।

यस्तै कर्मचारी पाउने तर सीपयुक्त कर्मचारी पाउन नसक्ने अवस्था पनि विद्यमान छ । के कारणले रोजगारदाता र सम्भावित कर्मचारीबीच सामञ्जस्य हुन सकिरहेको छैन ? यसका लागि निजी क्षेत्र, सरकारी निकायहरूको कस्तो भूमिका आवश्यक पर्छ ? भन्ने विषयमा केन्द्रित रहेर ‘सिएनआई रोजगार तथा सीप मेला’ (CNI JOBS AND SKILLS FAIR) आयोजना गर्न लागिएको छ ।

सिएनआई रोजगार तथा सीप मेलाले विभिन्न कम्पनी तथा कामको खोजीमा रहेकाहरूलाई एकै ठाउँमा आबद्ध गर्न पुलको काम गर्नेछ । यस्तै रोजगारदाताको आवश्यकता, सीपयुक्त कर्मचारीको मागको परिपूर्ति कसरी गर्न सकिन्छ भन्ने विषयमा बृहद छलफल पनि हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप