शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल-इण्डोनेशियाबीच सिधा हवाई सम्पर्क विस्तारमा जोड

शुक्रबार, ०७ असोज २०७९, १७ : ५७
शुक्रबार, ०७ असोज २०७९

नेपाल इण्डोनेशियाबीच सिधा हवाई सम्पर्क विस्तारमा जोड दिइएको छ । नेपाल इण्डोनेशिया व्यवसायिक फोरमको बुधवार सम्पन्न बैठकमा सो कुरामा जोड दिइएको हो । भौगोलिक एवं सांस्कृति विविधता, प्राकृतिक सुन्दरताका हिसावमा समेत कतिपय कुरामा नेपाल इण्डोनेशियाबीच समानता रहेको र यसबाट पर्यटन प्रवद्र्धनमा निकै ठूलो लाभ लिन सकिने सम्भावना रहेकोले सीधा हवाई सम्पर्कमा विस्तारमा जोड दिइएको हो ।

दुवै देशका तर्फबाट दौत्य सम्बन्ध स्थापना भएको छ दशक पुरा भैसके पनि आर्थिक सम्बन्ध भने सोचेजति विस्तार हुन सकेको छैन । सन् २०२१÷२२ मा द्विपक्षीय व्यापार घाटा ५३ अर्ब २४ करोड रुपैयाँभन्दा बढीको थियो । व्यापार घाटालाई कम गर्न संयुक्त लगानी विस्तारमा बैठकमा जोड दिइयो ।    

नेपालमा इण्डोनेशियन पर्यटक भित्रयाउन सकिने अधिक सम्भाव्यता र आधारहरु रहेकोले यसमा काम गरी दुवै देशका जनतालाई लाभान्वित बनाउन सकिने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा बताए । महासंघमा आयोजित कार्यक्रममा अध्यक्ष गोल्छाले अन्तराष्ट्रिय मन्चहरुमा पनि दुवै देशको वलियो सहकार्य रहेको धारणा राखे । अध्यक्ष गोल्छाले नेपालको आर्थिक विकासमा महासंघले राष्ट्रिय आर्थिक रुपान्तरण भिजन पेपर ल्याएको र त्यसले नेपालको आगामी दश वर्षभित्रको आर्थिक विकासको खाका कोरिएको बताए ।

नेपालको सवैभन्दा महत्वपूर्ण व्यापारिक साझेदार भएको नाताले इण्डोनेशियाले नेपालमा संयुक्त लगानीमा उद्योग स्थापना गरी व्यापार घाटालाई न्युनिकरण गर्ने दिशामा सहयोग गर्न अध्यक्ष गोल्छाले आग्रह गरे । नेपाल सन् २०२६ सम्म विकासशील मुुलुकमा स्तरोन्ती हुने तयारीमा रहेकाले आर्थिक विकासको प्रयासमा इण्डोनेसियाको सहयोग अपेक्षा गरिएको उनको भनाई छ ।

यस्तै, आगामी अक्टोवरमा इण्डोनेशियामा हुने ट्रेड एक्सोपोमा नेपालको सहभागिताका विषयमा पनि सो अवसरमा वृहद छलफल भएको छ । ट्रेड एक्सपोलाई दुुई देशबीचको आर्थिक व्यापारिक सम्बन्ध विस्तार, लगानी तथा प्रविधि तथा इण्डोनेशियामा नेपाल प्रवद्र्धनका लागि उपयुक्त फोरमको रुपमा उपयोग गर्न बैठकमा नेपालका लागि इण्डोनेशियाका राजदूत हेरु हर्टान्टो सुवालोले सुुझाए । व्यापार घाटालाई कम गर्ने कार्यमा नेपाललाई सहयोग गर्न इण्डोनेशिया तयार रहेको भन्दै उनले नेपालमा लगानीका सम्भाव्य क्षेत्रका वारे ठोस सुुझाव दिन महासंघलाई अनुरोध पनि गरे ।

द्रुत आर्थिक विकास गरिरहेको इण्डोनेशिया नेपालको आर्थिक विकासमा आफना अनुुभव आदानप्रदान गर्न लालयित भएको भन्दै उनले दुुवैै देशको संयुक्त लगानी मार्फत वस्तु तथा सेवा उत्पादन गरी तेस्रो मुलुकमा निर्यात गर्न सकिने सम्भाव्यता औल्याए । इण्डोनेशियामा आगामी अक्टोवरमा हुने एक्सपोमा वंगलादेश, नेपाल र इण्डोनेशियाबीच छुट्टै विशेष बैठकको आयोजना गरिने जानकारी गराउदै उक्त बैठकलाई बढीभन्दा बढी परिणामदायी बनाउनुुपर्नेमा जोड दिए । नेपालमा जलविद्युत तथा पर्यटन पूर्वाधारमा इण्डोनेशियाको लगानी ल्याउन सकिने कुरामा पनि सो अवसरमा छलफल भएको थियो ।

महासंघका वरिष्ठ उपाध्यक्ष एवं नेपालका लागि इण्डोनेशियाका अनररी काउन्सिल चन्द्रप्रसाद ढकालले नेपाल–इण्डोनेशिया व्यवसायिक फोरम बैठकले आपसी आर्थिक सम्बन्धलाई नयाँ उचाईमा लैजान सहयोग गर्ने विश्वास व्यक्त गरे । नेपालसँग सहकार्य गर्न इण्डोनेशिया सधै इच्छुक रहेको आफूले पाएको र निजी क्षेत्रका माध्यममार्फत आपसी सहकार्य, संयुक्त लगानी विस्तार, व्यापार घाटालाई न्यूनिकरण गर्ने र नेपालको निर्यात प्रवद्र्धनमा परिणामदायी ढंगबाट काम हुनुुपर्ने ढकालको भनाई छ ।

इण्डोनेशियासँग व्यापार व्यवसाय गर्ने नेपाली व्यवसायीहरुको समेत सहभागिता रहेको सो अवसरमा पाल्म आयलको आयात, नेपाली जैवलरीको इण्डोनेशियाको बजार प्रवद्र्धन, नेपालमा इण्डोनेशियन पर्यटन आकर्षण, संयुक्त लगानी लगायतका विषयमा जिज्ञासाहरू राखिएका 
थिए । कार्यक्रममा महासंघका पदाधिकारीहरू, कार्यकारिणी समितिका सदस्यहरु, वस्तुुगत संघका अध्यक्षहरु सहित उद्यमी व्यवसायीहरुको उपस्थिति थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप