शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

उड्ने भयो पोखराको आकाशमा ‘हट बेलुन’

सोमबार, १० असोज २०७९, १४ : ३०
सोमबार, १० असोज २०७९

आगामी बुधबारदेखि पोखराको आकाशमा हट बेलुन उड्ने भएको छ । पहिलो पटक नेपाली आकाशमा हट बेलुन उडाउनले तयारी गरिएकोमा बुधबारदेखि औपचारिक रुपमा नै व्यवसायिक उडान भर्ने बेलुन नेपालले जनाएको छ । 
‘हट बेलुन उडानको सम्पूर्ण तयारी पुरा भएको छ । यहीँ बुधबारदेखि व्यवसायिक उडान शुरु गर्छौ’ बेलुन नेपालका अध्यक्ष बिक्रम बाडेले रातोपाटीसँग बताए । 

कम्पनीले आइतबार, सोमबार र मंगलबार हट बेलुनको परीक्षण उडान गर्नेछ । पोखराको चापे क्षेत्रको माथिल्लो भागबाट उड्ने बेलुन ५ हजारको उचाइसम्म उड्ने अध्यक्ष बाडेले जानकारी दिए । तीन वटा बेलुनमार्फत मागका आधारमा दैनिक उडान संख्या तय गरिने समेत उनले बताए ।

कम्पनीले कुल ५ करोड लागतमा हट बेलुन उडानको तयारी गरेको हो । प्रति उडान कति शुल्क रहने सो भने तय गरि नसकिएको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप