को-को हुन पाउँछन् अस्थायी मतदाता ?
निर्वाचन आयोगले अस्थायी मतदाताको नामावली संकलन गरिरहेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीमा मतदान गर्न पाउने गरी आयोगले अस्थायी मतदाताको नामावली संकलन गरेको हो ।
को को हुन पाउँछन् अस्थायी मतदाता ?
अस्थायी मतदातामा नामावली हुनको लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने निर्वाचन आयोगले जनाएको छ ।
अस्थायी मतदातामा को पर्छन् ?
१. नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्थामा कार्यरत कर्मचारी
२. ब्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी
३. कारागारमा रहेका थुनुवा वा कैदी
४. नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले सञ्चालन गरेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वीकृति लिई सञ्चालन भइरहेको वृद्धाश्रममा बसेका व्यक्ति
५. निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुल्मीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु, एक घाइते
-
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने