फेरिए ५२ हाते लिङ्गा
कर्णाली क्षेत्रको ऐतिहासिक प्रसिद्ध चन्दननाथ र भैरवनाथ मन्दिरमा ध्वजापताकासहित ५२ हातका नयाँ लिङ्गा गाडिएका छन्। हरेक वर्ष घटस्थापनाका दिन लिङ्गा फेर्ने प्रचलनअनुसार यस वर्ष पनि लिङ्गा फेरिएका हुन्। मन्दिरमा लिङ्गा ठड्याइसकेपछि मात्रै जुम्लावासीले आ–आफ्ना घरमा घटस्थापना गर्दछन्।
स्थानीय संस्कृतिका जानकार रमानन्द आचार्यका अनुसार चन्दननाथ भैरवनाथ मन्दिरमा परापूर्वकालदेखि नै चन्दननाथ र भैरवनाथ मन्दिरमा विजय स्तम्भसहित चार पुराना लिङ्गा र विजय स्तम्भ झिकेर नयाँ खडा गर्ने गरिएको हो।
चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापनका सचिव जितबहादुर महतका अनुसार जुम्ला सदरमुकाममा रहेको ऐतिहासिक मन्दिरमा ५२ हाते लिङ्गा र ५२ हाते ध्वजासहित नयाँ लिङ्गा फेरिने चलनअनुसार लिङ्गा फेरिएका हुन्। चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका अनुसार प्रसिद्ध मन्दिरमा हप्ताको एक पटक ठूलो पूजा गरिने प्रचलन छ। यसमा पनि ५२ हप्ता हुने भएका कारण ५२ हाते ध्वजासहित ५२ हाते लिङ्गा खडा गरी घटस्थापना गर्ने चलन छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण