न्यायपालिकाले प्रधानन्यायाधीश कहिले पाउने ?
गत फागुनदेखि कायममुकायम (कामु) को जम्मेवारीमा चलेको न्यायपालिकाले आगामी मंसिरसम्म प्रधानन्यायाधीश नपाउने देखिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद्मा महाभियोग सिफारिस दर्ता गरेपछि न्यायालयको जिम्मेवारी कामु प्रधानन्यायाधीशमा गएको थियो।
महाभियोगकै कारण वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीले कामु प्रधानन्यायाधीशको जम्मेवारी लिने मौका पाएका हुन्। कार्कीको वही असोज १६ मा उमेर हदका कारण कार्यकाल सकिँदैछ।
महाभियोगको प्रस्ताव दर्ता नगरिएको भए कार्कीले कामु प्रधानन्यायाधीशको अवसर पाउने थएनन् । सर्वोच्च अदालतले दसैं सुरु भएपछि अर्थात् घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म बन्दी प्रत्यक्षीकरणका निवेदनमा मात्र सुनुवाइ गर्दैछ। योसँगै कार्कीको कार्यकाल दसैंबीचमै सकिँदैछ।
कार्कीपछि न्यायाधीश हरिकृष्ण कार्की प्रधानन्यायाधीश बन्ने लाइनमा छन्। सर्वोच्च अदालतमा वरीयताक्रमका आधारमा प्रधानन्यायाधीश हुने व्यवस्था छ। वरिष्ठताका आधारमा सिधै प्रधानन्यायाधीशको सूचीमा रहेका कार्की २०७९ सिर २७ सम्म कामु नै भए काम गर्नुपर्ने बाध्यता छ। किनभने निलम्बित प्रधानन्यायाधीश जबराको कार्यकाल आगामी मंसिर २७ सम्म छ। यो समाचार राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण