दक्षिण कोरियाको भ्रमण गर्दै कमला ह्यारिस
मङ्गलबार, ११ असोज २०७९, १२ : २१
अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले यस हप्ताको अन्त्यमा दक्षिण कोरियाको भ्रमणका क्रममा असैनिकृत क्षेत्रको भ्रमण गर्ने भएकी छिन् । हत्या गरिएका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको राजकीय अन्त्येष्टिमा भाग लिन हाल टोकियोमा रहेकी उपराष्ट्रपति ह्यारिस बिहीबार असैनिकृत क्षेत्रमा जाने तालिका रहेको ह्वाइट हाउसले जनाएको छ ।
ह्यारिसको भ्रमणले उत्तर कोरिया अमेरिकासँग थप क्रुद्ध हुने अनुमान गरिएको छ । अगस्टमा नि:शस्त्र क्षेत्रमा भ्रमण गर्दा अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीलाई ‘अन्तर्राष्ट्रिय शान्तिको सबैभन्दा खराब विनाशक’ भनी प्योङयाङले निन्दा गरेको थियो । -न्युज कारखानाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन
-
भक्तपुर अस्पतालमा १८ करोडको सुविधा सम्पन्न भवन निर्माण
-
अभिनेता सलोन बस्नेतलाई पुत्री लाभ
-
सुरक्षा निकायबाट जागिर छोड्नेको लर्को
-
सुनसरीबाट सशस्त्र प्रहरीले बरामद गर्यो एक क्विन्टल गाँजा
-
मुख्यमन्त्री कार्कीले विश्वासको मत लिएनन्, एमाले–माओवादी बैठक बस्दै