हुम्लाका पाँच सय ९८ उम्मेदवार कारबाहीमा
हुम्लाका पाँच सय ९८ जना जनप्रतिनिधि कारबाहीमा परेका छन् । स्थानीय तह निर्वाचनको खर्च विवरण नबुझाउने निर्वाचित अध्यक्ष, उपाध्यक्षसहित पाँच सय ९८ जना जनप्रतिनिधि कारबाहीमा परेका हुन् । निर्वाचन आयोगको कारबाहीमा पर्नेहरुमा अदानचुली गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंह, सर्केगार्ड गाउँपालिकाका अध्यक्ष ठानबहादुुर रोकाया, सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी र नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामा रहेका छन् ।
त्यसैगरी निर्वाचन खर्च विवरण नबुझाउनेमा चारजना गाउँपालिकाका निर्वाचित उपाध्यक्षसमेत रहेका छन् । अदानचुली गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकाय, सर्केगार्ड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्की, खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष ज्ञानबहादुर सिंह र सिमकोट गाउँपालिकाकी उपाध्यक्ष सुशिला भाम रोकाया रहेका छन् ।
खर्च विवरण नबुझाउने अध्यक्ष उपाध्यक्षबाहेक अन्य पाँच सय ९० जनालाई पनि नियमानुसार आयोगले जरिवाना गरेको छ । आयोगले गरेको जरिवाना कारबाहीअनुसार अध्यक्ष उपाध्यक्ष पदमा उम्मेदवारी मनोनयन गरेका उम्मेदवारलाई तीन लाख ५० हजार र अन्य वडाध्यक्ष, महिला, दलित महिला सदस्य र अन्य सदस्यका लागि एक लाख ५० हजार रुपैयाँ जरिवाना तोकिएको छ ।
जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त प्रमुख श्यामबहादुर रानाका अनुसार २० जना अध्यक्ष तथा उपाध्यक्षका निर्वाचित र पराजित उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाएका छैनन् । आयोगले जरिवानाबापतको रकम राजश्व खातामा जम्मा गर्न सार्वजनिक सूचना जारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम उपनिर्वाचन : एमाले उम्मेदवार सुहाङ नेम्वाङले गरे मतदान
-
मन्त्री परिवर्तनको असर : पूर्वाधार विकास कार्यालय गौरमा तालाबन्दी
-
रास्वपाका उम्मेदवार लिम्बूद्वारा मतदान
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?