कटरिनाको पुस्तकमा हुने छैनन् सलमान र रणवीर

बलिउड अभिनेत्री कटरिना कैफले बलिउडमा पाइला चालेको २० वर्ष भयो । उनले विस्तारै यात्रा सुरु गरिन् र हिन्दी फिल्ममा स्थापित भइन् ।
उनको डेब्यू फिल्म ‘बुम’ बक्स अफिसमा असफल भए पनि त्यसयता धेरै फिल्मले सफलता चुमिसकेका छन् । उनले अक्षय कुमार, सलमान खान, ऋतिक रोशन, आमिर खान, रणवीर कपूर हुँदै सिद्धान्त चतुर्वेद, इशान खट्टरसम्मको पुस्तासँग सहकार्य गरिसकेकी छन् ।
कटरिना बलिउडको २० वर्षे यात्रालाई अब पुस्तकमा रुपान्तरण गर्दैछिन् । उनले सुरुवातीदेखि अहिलेसम्मको अवस्थालाई पुस्तकमा प्रस्तुत गर्नेछिन् । तर रोचक कुरा के छ भने अभिनेताद्वय सलमान खान र रणवीर कपूर उनको पुस्तकमा सूचीकृत हुने छैनन् । यी दुवै अभिनेतासँग कटरीनाले फिल्मी अभिनय मात्र गरिनन्, दुवै जनासँग अलग अलग समय लामो प्रेम पनि गरिन् ।
धेरैले कटरीनाले आफ्नो पुस्तकमा सलमान र रणवीरलाई समेटेर उनीहरुबीचको सम्बन्धलाई उजागर गरुन् भन्ने फ्यानहरुले चाहेका छन् । तर कटरीनाले भने यी दुई अभिनेतालाई पुस्तकमा समेट्न चाहेकी छैनन् । किन चाहिनन् भन्ने कुरा उनले खुलाएकी छैनन् ।
करियरको कुरा गर्दा कटरीनाका दुई ठूला फिल्म दर्शकमाझ आउने तयारीमा छ । उनी विजय सेतुपतिका साथ ‘मेरी क्रिसमस’ र सलमानका साथ ‘टाइगर ३’मा देखिँदै छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न महासचिव ‘विप्लव’ बालुवाटारमा
-
उमेश श्रेष्ठको पाँच पन्ने निवेदन : रवि उम्मेदवार नभएपछि मलाई निर्वाचित भएको घोषित गरियोस्
-
रास्वपा सरकारबाट बाहिरिएसँगै पाँच मन्त्रालय मन्त्रीविहीन बन्यो
-
बागमती प्रदेशसभा : १६ सदस्यीय कार्य व्यवस्था परामर्श समिति गठन
-
परवेज मुशर्रफ : सेना प्रमुख देखि सैन्य ‘कू’ र पछि पाकिस्तान छोड्नेसम्मको यात्रा
-
अभिनयमा ब्यस्त बन्दै मिस पबी !