शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, डलरको मूल्य अहिलेसम्मकै उच्च

बिहीबार, १३ असोज २०७९, ०५ : ५७
बिहीबार, १३ असोज २०७९

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।    

आज डलरको खरिद दर १३० रुपैयाँ ८१ पैसा र बिक्री दर १३१ रुपैयाँ ४१ पैसा रहेको छ। यो डलरको अहिलेसम्मकै उच्च रेट हो ।  युरो एकको खरिद दर १२५ रुपैयाँ २२ पैसा र बिक्री दर १२५ रुपैयाँ ७९ पैसा रहेको छ।   

बेलायती पाउण्ड एकको खरिद दर १३९ रुपैयाँ ५९ पैसा र बिक्री दर १४० रुपैयाँ २३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ७७ पैसा र बिक्री दर ३५ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप