जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटना, १ जनाको मृत्यु

person explore access_timeअसोज १३, २०७९ chat_bubble_outline0

जुम्लामा स्याउ बोकेको मालबाहक ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् । हिमा गाउँपालिका(१ आचार्य लिहीमा स्याउ बोकेको ट्रक दुर्घटना हुँदा चालक विनाश लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए ।  


उनका अनुसार बाग्मती प्रदेश, ०३००१ ख २१६४ नम्बरको ट्रक बुधबार राति दुर्घटना हुँदा मकवानपुर निवासी चालक लामाको निधन भएको हो  । दुर्घटनामा सहचालक मकवानपुरकै हरि न्यौपाने घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार टाउकोमा चोट लागेका न्यौपानेलाई राति नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारका लागि ल्याइएको र थप उपचारका लागि रिफर गरिएको छ । 



हिमा गाउँपालिका–१ का वडाध्यक्ष रतनबहादुर शाहीका अनुसार ट्रक दुर्घटना हिमा गाउँपालिका–१ को बझाङगे खोलामा भएको हो । दुर्घटनापछि घाइतेलाई हिमा गाउँपालिकाको एम्बुलेन्समा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको र प्रारम्भिक उपचार खर्च पनि व्यहोरिएको छ ।



जुम्ला कनकासुन्दरी गाउँपालिका गुठिज्यूलाबाट स्याउ लिएर सुर्खेत जाँदै गरेको ट्रक राति दुर्घटनाको खबर पाएपछि हिमा गाउँपालिका-१ मा रहेको प्रहरी चौकीले उद्धार गरेको थियो । प्रहरी चौकी बड्कीका प्रहरी नायव निरीक्षक रामप्रसाद चौलागाई नेतृत्वको टोली घाइतेलाई तत्काल कर्णाली प्रतिष्ठान पुर्‍याएको थियो । –न्युज कारखाना

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।