मुटु रोगको जोखिम बढ्दै
जीवनशैलीमा आएको परिवर्तनसँगै मुटु रोगको जोखिम बढ्दै गएको छ । अस्वस्थकर जीवनशैलीका कारण कोलेस्टेरोल, उच्च रक्तचाप, मधुमेहलगायतका समस्या हुने गरेका छन् । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले अस्वस्थकर जीवनशैलीका कारण मुटु रोगी बढेको बताए । उनले मानिसमा कोलेस्टेरोलको समस्या बढ्दै गएको भन्दै कोलेस्टेरोल बढ्दै जाँदा त्यसले विस्तारै मुटुमा समस्या ल्याउने बताए ।
मानिस स्वस्थ छ भने पनि वर्षमा एक पटक मुटु परीक्षण गराउन सुझाव दिँदै डा. रेग्मीले उच्च कोलेस्टेरोलबाट बच्न सके मुटु रोग लाग्नबाट बच्न सकिने बताए ।
उनले मुटु रोगबाट बच्नका लागि नियमित शारीरिक अभ्यास गर्ने, बिहानको समयमा हिँड्ने र पसिना निकाल्ने गर्दा मुटु रोगबाट बच्न सकिने बताए । डा. रेग्मीले धूमपान, मदिरा सेवन, जङ्क फुडलगायतबाट टाढै रहन आग्रह गरे ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा कुल जनसङ्ख्याको २५ प्रतिशतलाई कुनै न कुनै किसिमको मुटु रोग रहेको छ । सङ्गठनका अनुसार करिब ३० प्रतिशत वयस्कलाई उच्च रक्तचाप, २५ प्रतिशतलाई कोलेस्टेरोल, १० प्रतिशतलाई मधुमेह र एक प्रतिशत बालबालिकालाई बाथ मुटु रोगको समस्या रहेको छ ।
यस्तै ९० प्रतिशत नेपालीले मुटुमैत्री खाना नखाने, ५० प्रतिशत सहरियाले आवश्यक व्यायाम नगर्ने र ४० प्रतिशतले सुर्तीजन्य पदार्थको प्रयोग गर्ने उल्लेख छ ।
बर्सेनि करिब एक हजार बालबालिकाको बाथ मुटु रोगका कारण मृत्यु हुने गरेको छ । मुटु रोग विशेषज्ञ डा. अनिल भट्टराईले नेपालमा मुटु रोगी बढ्दै जानुको प्रमुख कारण अस्वस्थकर जीवनशैली रहेको बताए । यो समाचार नागरिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण