पाँचदलीय गठबन्धनबाट जसपा बाहिरिने संकेत
शनिबार, १५ असोज २०७९, १६ : ४८
जनता समाजवादी पार्टी नेपालले पाँच दलीय गठबन्धनबाट बाहिरिने संकेत देखाएको छ । आज बसेको जसपा नेपालको कार्यकारिणी समितिको बैठकले सो संकेत देखाएको हो । बैठकपछि पार्टीका प्रवक्ता मनिष सुमनले प्रेस नोट जारी गर्दै गठबन्धनमा सिटको बाँडफाँट सम्बन्धी छलफलमा जसपाका लागि सन्तोषजनक अवस्था नदेखिएको बताएका छन् ।
‘छलफलमा सन्तोषजनक अवस्था नदेखिएको हुँदा गठबन्धनको विकल्पमा अन्य राजनीतिक दलसँग पनि चुनावी तालमेलका लागि छलफल गर्ने निर्णय बैठकले गरेको छ’ जारी प्रेस नोटमा भनिएको छ । यदि कुनै दलसँग तालमेल हुन नसके जसपा नेपाल एक्लै पनि चुनावमा जाने निर्णय भएको उनले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु
-
कहिले सकिएला बुटवल–नारायणगढ सडकको काम ? (तस्बिरहरू)
-
उपनिर्वाचन : कस्ता सवारी साधनलाई हुँदैन रोकावट ?
-
कोलकाताविरुद्धको जितमा पञ्जाबले रच्यो नयाँ इतिहास
-
नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच पहिलो खेल आज
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर