‘चाड आउँछ, ऋण बढाएर जान्छ’
सिन्धुपाल्चोकका २८ वर्षीय आशिष तामाङ शनिबार दिनभर इँटा बोक्नमै व्यस्त थिए । दशैँको तयारी गर्नुपर्ने बेलामा उहाँलाई कामकै चिन्ता छ । उनका अनुसार काम सम्पन्न भई ठेकेदारले ज्याला दिँदैनन् ।
काठमाडौँ महानगरपालिकाले कालोपुल क्षेत्रमा पक्की पर्खाल निर्माण गर्न ठेक्कामा लगाएको थियो । त्यो काम सकेपछि मात्रै श्रमिक तामाङको ‘दशैँ’ आउँछ । उनले भने, “दशैँ आउँछ, पैसा नहुनेलाई तनावै बढाउँछ ।”
बिहान–बेलुका दुई छाक खानलाई दिनभरि श्रम गर्ने तामाङले ज्यालाबापत एक हजार तीन सय रुपियाँ पाउछन् । काम नभएका बेला दिनभरि त्यतिकै बस्नुपर्छ । उनले भने, “दशैँ आयो भनेर मात्रै हुँदैन । हामीलाई खर्च जोहो गर्न ऋण नै खोज्नुपर्छ । चाडबाड आउँछ, ऋण बढाएर जान्छ ।”
श्रम गरेर जुटाएको पैसा घर खर्च र छोरीको पढाइमै सकिने तामाङले बताए । उनले भने, “मासु किलोको एक हजार चार सय छ, ज्याला एक हजार तीन सय छ । अनि दशैँ आउँदा हर्ष मान्नु नै के छ र १”
दाङको दङ्गीशरण गाउँपालिका–७ की ५६ वर्षीया लक्ष्मीकुमारी चौधरी र दोलखा मैनापोखरीकी ३१ वर्षीया सुशीला खड्काको दैनिकी पनि श्रमिक तामाङको भन्दा फरक छैन । चौधरी निर्माण मजदुर हुन् । खड्का डोकोमा तरकारी बेच्छन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
-
मेक्सिको र इक्वेडरबिचको खेल सुरु, कसले मार्ला बाजी?
-
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज
-
जन्मसिद्ध नागरिकतासम्बन्धी १५० वर्ष पुरानो नीति खारेज गर्ने ट्रम्पको योजनामा सर्वोच्चको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण