शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

डडेल्धुरामा बस र ट्रक जुध्दा १५ घाइते, ४ जनाको अवस्था गम्भीर

सोमबार, १७ असोज २०७९, १७ : ३७
सोमबार, १७ असोज २०७९

कैलालीबाट बझाङका लागि छुटेको बस र बझाङबाट धनगढीतर्फ गईरहेको ट्रक एक आपसमा ठोक्किदा  कम्तीमा १५ जना घाइते भएका छन् । डडेल्धुराको आलिताल गाउँपालिका  १ मा पर्ने  गङखेत भन्ने स्थानमा दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । 

ट्राफिक प्रहरीका अनुसार सदूरपश्चिम यातायातको ना ५ ख ६७३४ नम्बरको बस र से१ख ८७८ नम्बरको ठोक्किएको हो । 
दुर्घटनामा परी घाइते भएकामध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ। घाइते २ जनालाई धनगढी र २ जनालाई जिल्ला अस्पताल डडेल्धुरा पठाइएको प्रहरीले जनाएको छ । बसमा २४ जना सवार थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप