शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिद्वारा नव दुर्गादेवीको पूजा आराधना

मङ्गलबार, १८ असोज २०७९, १४ : १८
मङ्गलबार, १८ असोज २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले बडा दसैँको नवौँ दिन महानवमीमा नव दुर्गादेवीको पूजा आराधना गरेकी छन् । राष्ट्रपति भण्डारीले शीतल निवासमा बोलाएर वैदिक विधि अनुसार नेपाल बाल मन्दिरमा नौ जना कन्याहरूलाई दक्षिणसहित टीका लगाएर नव दूर्गादेवीको पूजा आराधना गरेकी हुन् । 

यसैक्रममा उनले ती कन्याहरूलाई लत्ताकपडा समेत उपहार दिएकी थिइन् । कन्याहरूलाई दुबोले गोडा धुनेक्रममा राष्ट्रपति भण्डारीले बेलुका सुत्नुअघि सधैँ खुट्टा धोएर सुत्नु पनि आग्रह गरेकी थिइन् । त्यस अवसरमा ‘रातो टीका निधारमा...’ र ‘फेरी कहाँ आउँछ घुमेर बालपनको उमेर’ बोलको गीतमा कन्याहरूले सामूहिक नृत्य प्रस्तुत गरेका थिए भने राष्ट्रपति भण्डारीले त्यसलाई रुचिपूर्वक अवलोकन गरेकी थिइन् ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले ती कन्याहरूसँग सामूहिक तस्बिर समेत खिचाइन् । उनले गत वर्ष पनि वडा दसैँको महानवमीको दिन नौ जना कन्याहरूलाई बोलाएर नव दुर्गा देवीको पूजा आराधना गरेकी थिइन्। भोलि (बुधबार) बडा दसैँको दसौँ दिन विजया दशमी पर्व मनाइदैछ । यस वर्ष बडा दसैँको टीकाको साइत बिहान ११ बजेर ५१ मिनेटमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप