विश्वव्यापी मन्दीको जोखिम बढ्दै : अन्तर्राष्ट्रिय मुद्रा कोष

person explore access_timeअसोज २१, २०७९ chat_bubble_outline0

अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्वव्यापी मन्दीको जोखिम बढ्दै गएको जनाएको छ । आईएमएफका प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिभाले युक्रेनमा रुसको आक्रमण र कोभिड महामारीका कारण उत्पन्न परिस्थितिका कारण अर्थतन्त्रको अवस्था राम्रो नभएको बताएकी हुन् ।


उनले आईएमएफले आफ्नो वर्तमान विकास दरको अनुमानलाई थप २.९ प्रतिशतमा घटाउने बताइन् । विकास दरको नयाँ अनुमान अर्को हप्ता जारी हुनेछ। जर्जिभाले अब विश्व अर्थतन्त्रलाई स्थिर बनाउन काम थाल्नुपर्ने बताइन् ।



उनले मुद्रास्फीतिजस्ता महत्वपूर्ण समस्यालाई सम्बोधन गर्न पहल गर्नुपर्ने बताइन् । उनले वर्तमान नाजुक अवस्थालाई सामान्य रुपमा लिने गल्ती गर्न नहुने बताइन् । जर्जिभाले नीति निर्माताहरू एकजुट भएर काम गर्नुपर्ने बताइन् ताकि यो नाजुक अवस्था खतरनाक सामान्यमा परिणत नहोस्।



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।