जोखिममा परेका ३५ घर परिवारलाई सेनाद्वारा सुरक्षित स्थानान्तरण
शुक्रबार, २१ असोज २०७९, २० : २४
नेपाली सेनाले केही दिनदेखि परेको अविरल वर्षाका कारण राप्ती नदीमा पानीको बहाव बढ्न गई डुबानमा परी उच्च जोखिममा रहेका ३५ घर परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।
दाङको लमही नगरपालिका–८ सतवरियास्थित धनपुर्वा, दुगुर्वा र बग्रहवा तथा राप्ती गाउँपालिकाको सिसहनिया र अर्नहवा गाउँका डुबानमा परेका करिब दुई सय घरमध्ये उच्च जोखिममा रहेका ३५ घर परिवारलाई आज उद्धार गरी सुरक्षित स्थानमा लगिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सेनाले हाल उक्त क्षेत्रमा उद्धार कार्य जारी राखेको छ । पहिरोका कारण अवरुद्ध रहेको घोराही–लमही सडकखण्ड खुलाउने प्रयाससमेत भइरहेको सेनाले जानकारी दिएको छ । अविरल वर्षाका कारण गएको बाढी तथा पहिरोमा परी हालसम्म कुनै पनि मानवीय क्षति भने नभएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
-
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन