कोरोना बीमाको दाबी भुक्तानी सुचारु हुने
लामो समयदेखि अन्योलमा रहेको कोरोना बीमाको दाबी भुक्तानी सुचारु हुने भएको छ । अर्थ मन्त्रालयले कोरोना बीमा दाबी भुक्तानीका लागि निकासा गरेको एक अर्ब रुपियाँ बीमा समितिको खातामा जम्मा भएको बीमा समितिले जनाएको छ ।समितिका प्रवक्ता तथा कार्यकारी निर्देशक राजुरमण पौडेलले रकम समितिको खातामा आएको बताउँदै प्राप्त रकम कसलाई र कसरी वितरण गर्ने भन्नेबारेमा छलफल हुन बाँकी रहेको बताए ।
कोरोना बीमाको दाबी रकम पहिलो चरणमा कसलाई कसरी वितरण गर्ने भन्नेबारेमा सोमबार अर्थ मन्त्रालयमा बीमा समिति, बीमा कम्पनी र अर्थ मन्त्रालयबीच छलफलपछि मात्रै समितिले निर्णय गर्ने उनको भनाइ थियो ।भुक्तानी गर्न बाँकी ११ अर्ब कोरोना बीमा गर्नेको सङ्ख्या १७ लाख ५८ हजार ३४३ रहेको छ भने बीमालेखबाटै एक अर्ब पाँच करोड पाँच लाख बीमाशुल्क सङ्कलन भएको थियो । यीमध्ये एक लाख ६५ हजार ५५९ जनाको १५ अर्ब ८२ करोड २१ लाख ७१ हजार ५५४ रुपियाँ बराबरको दाबी परेको थियो । त्यसमध्ये चार अर्ब ७८ करोड ८१ लाख रुपियाँ भुक्तानी भइसकेको छ । सरकारका तर्फबाट तिर्न बाँकी १० अर्ब ५२ करोड रुपियाँ छ । बीमालेखबाट उठेको शुल्कभन्दा तिर्नुपर्ने दायित्व भने १० गुणा बढी छ । सरकारले तिर्नुपर्ने दायित्व ११ अर्ब रुपियाँ पुगेको हो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण