ओस्कार सिफरिस फिल्म ‘छेलो शो’ का अभिनेता राहुलको निधन
मङ्गलबार, २५ असोज २०७९, ११ : ०९
भारतबाट ओस्कार अवार्डका लागि सिफारिस गरिएको फिल्म ‘छेलो शो’ का मुख्य अभिनेता बालकलाकार राहुल कोलीको निधन भएको छ । क्यान्सरबाट पीडित राहुलका १० बर्षका रहेका थिए ।
राहुलका बुबाका अनुसार उनलाई बारम्बार ज्वरो आउने र रगत बान्ता गर्ने गरेका थिए । राहुलको अहमदाबादको क्यान्सर अस्पतालमा २ अक्टोबरमा निधन भएको थियो ।
राहुलको अन्तिम फिल्म ‘छेलो शो’ अक्टोबर १४ मा रिलिज हुँदैछ । फिल्ममा राहुल कोलीका अलवा भाविन, ऋचा मीना, भावेश श्रीमाली, परेश मेहता र टिया सबेचियन मुख्य भुमिकामा छन् ।
थुप्रै फिल्म फेष्टिभलमा प्रिमिएर भएको फिल्मका कलाकार राहुल कोलीको कामको निकै प्रशंसा भइरहेको छ । ‘छेलो शो’ को कथा एक युवकको सिल्भर स्क्रिनको सपनामा आधारित छ । फिल्मको निर्देशन नलिनले गरेका हुन् ।
अमर उज्याला
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थीको कपालको लम्बाइबारे लचिलो बन्यो थाइल्यान्ड
-
सात गोलको थ्रिलरमा हार्यो युनाइटेड
-
श्रीअन्तु सामालबुङ खानेपानी आयोजना सञ्चालनमा
-
मनसुन विपद्को जोखिम न्यूनीकरणका लागि पूर्वतयारी गर्न निर्देशन
-
आईपीएलमा ६ बलमा ६ छक्का हिर्काउने पहिलो खेलाडी बने रियान पराग
-
७ जना डीआईजीहरूको सरूवा, ६ प्रदेशका प्रमुख फेरिए