सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

रुसको पछिल्लो हमलामा ८ जनाको मृत्यु

बिहीबार, २७ असोज २०७९, ०८ : ३१
बिहीबार, २७ असोज २०७९

रुसले गरेको पछिल्लो हमलामा ७ जनाको मृत्यु हुनुका साथै ८ जना घाइते भएका छन् । पूर्वी युक्रेनको एभडिभ्का सहरको अग्रमोर्चानजिक उक्त हमला भएको क्षेत्रीय गभर्नरले जनाएका छन् ।

अवडिभकामा भएको गोलाबारीको परिणामस्वरूप कम्तीमा  सात जनाको मृत्यु भएको छ र आठ जना घाइते भएका छन् । रुसीहरूले केन्द्रीय बजारमा आक्रमण गरे, जहाँ धेरै मानिसहरू त्यस समयमा थिए’ दोनेत्स्क क्षेत्रीय गभर्नर पाभ्लो किरिलेन्कोले भने ।

युक्रेनले रुस र क्रिमियालाई जोड्ने पुलमा शक्तिशाली विस्फोट गराएपछि किभविरुद्ध मस्को आक्रमक भएको छ । यसअघि रुसले राजधानी किभलगायत युक्रेनका विभिन्न सहरमा हमला गर्दा १० जनाको मृत्यु हुनुका साथै विकासका पूर्वाधारहरूमा ठूलो क्षति भएको थियो ।  

न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप