पूर्व गाविस अध्यक्ष क्षेत्रीद्वारा एमाले परित्याग
बारा क्षेत्र नं ३ (क) मा प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका एमाले नेता नारायण क्षेत्रीले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । एमाले सक्रिय जिल्ला कमिटी सदस्य क्षेत्रीले बुधवार विज्ञप्ती जारी गरेर पार्टीबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
पार्टीभित्र गुटबन्दी भएको पुराना कार्यकर्ताको कुरा सुनुवाई नभएको, खराव तत्व हावी भएको भन्दै क्षेत्रीले पार्टी जिल्ला कमिटीमा नरहने गरी राजीनामा दिएका हुन् । क्षेत्री २०४५ सालदेखि एमाले पार्टीभित्र सक्रिय कार्यकर्ता हुन् । २०५४ सालमा डुमरवाना गाविस अध्यक्ष, २०६६ सालमा सुकुम्बासी समस्या समाधान आयोगको बारा जिल्ला अध्यक्ष र २०५३ सालमा साना किसान कृषि सहकारी संस्था दर्ता गरेर सो संस्थाको अध्यक्ष भएर धेरै वर्ष काम गरेका थिए । बैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनमा जितपुरसीमरा उपमहानगर नगर प्रमुखको टिकटको दौडमा रहेका क्षेत्रीले अन्तिम समयसम्म टिकट पार्टीभित्र विद्रोह गर्दै आएका थिए ।
यसपटक पनि आसन्न निर्वाचनका लागि बारा ३ (ख) मा प्रदेशसभा सदस्यमा पार्टीले टिकट नदिएपछि क्षेत्रीले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । ‘पार्टीले धन,बल बढी भएका आयातित र असफल व्यक्तिलाई टिकट दिएको छ यसमा मेरो धेरै असन्तुष्टी हो’ एमाले नेता क्षेत्रीले भने ‘असल इमानदार कार्यकर्तालाई भूमिका नदिएर आयातित व्यक्तिलाई टिकट दिएर पार्टीले अन्याय गरेकोले मैले एमाले परित्याग गरेको घोषणा गरेको हुँ’ बारा क्षेत्र नं ३ (क) मा सत्ता गठबन्धनको तर्फबाट मुकेश साह, एमालेका रविनदास श्रेष्ठ, जसपाबाट भरत खड्का सँगै स्वतन्त्र सहित १४ जनाले उम्मेदवारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकको बढ्दो आकर्षणले निम्त्याउने चुनौती र अवसर
-
म्याग्दे गाउँपालिकाले सगरमाथा आरोहण गर्नेलाई पाँच लाख दिने
-
आज पनि माइतीघरमा सुकुमबासीहरुको प्रदर्शन
-
लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर
-
चिनियाँ बक्स अफिस हिट ‘डियर यू’ ले सिङ्गापुरमा छेडेको पहिचान बहस
-
उदयपुरमा टिपर दुर्घटना, ७ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण