बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँबाट बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१२ भोटेबहाल बस्ने भारत हरियाना राज्य भिवानी जिल्ला चर्खिदादरी घर भएका ४४ वर्षीय शशी शर्मालाई रहेका छन् ।
२५ लाख रुपैयाँ बिगो भएको बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनबाट २०७९ भदौ ७ गते पक्राउ अनुमती जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले चन्द्रागिरी नगरपालिका-१५ सतुङ्गलबाट बिहीबार पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीको लागि प्रहरी वृत्त बालाजु पठाइएको छ ।
यसैगरी बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं चन्द्रागिरी नगरपालिका-६ थानकोट बस्ने कास्की मादी गाउँपालिका-७ बस्ने ५८ वर्षीय नारायण भण्डारीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको गत असार २१ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १ दिन कैद, २ लाख रूपैयाँ जरिवाना र ८ हजार रूपैयाँ क्षतिपूर्ति शुल्क भराउने ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१६ बालाजु चोकबाट उनलाई पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत लगनखेल ललितपुर पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर