बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

बक्स अफिसमा किन कमजोर ‘हिजो आजका कुरा’ ?

आइतबार, ३० असोज २०७९, १३ : २९
आइतबार, ३० असोज २०७९

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘हिजो आजका कुरा’ ले बक्स अफिसमा सुरुवाती व्यवसाय राम्रो गर्न सकेन । देशभरका मल्टिप्लेक्समा शुक्रबार र शनिबार राम्रो शो पाएको फिल्मको सुरुवाती ब्यवसाय राम्रो नभएपछि शो समेत घटाइएको छ ।

साकार पन्तको निर्देशन रहेको फिल्म सन्तोष पन्तले निर्माण गरेका हुन् । नेपाल टेलिभिजनमा १२ वर्ष चल्न सफल टेलिसिरियल ‘हिजो आजको कुरा’ को नामबाटै निर्माण भएको फिल्मको व्यवसाय नहुनुको कारण फितलो पटकथा र मेकिङ मानिएको छ । 

सिरियल झै लाग्ने फिल्ममा सन्तोष पन्त, रमा थपलिया, ऋचा शर्मा, दिव्य देव, साकार पन्त, रिमा विश्वकर्मा, जेविका कार्की लगायतको मुख्य भूमिका छ । गत बुधबार गरिएको  प्रिमियरमा भने फिल्मले मिश्रित प्रतिक्रिया पाएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप