सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

एमाले कञ्चनपुरले चुनावका लागि नेताहरू खटायो

आइतबार, ३० असोज २०७९, १७ : ३६
आइतबार, ३० असोज २०७९

नेकपा एमाले कञ्चनपुरले निर्वाचनका लागि नेताहरूलाई जिम्मेवारी दिएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचार प्रसारका तीनवटै निर्वाचन क्षेत्रमा नेताहरूलाई जिम्मेवारी दिएको हो । प्रेस चौतारी नेपाल कञ्चनपुर शाखाले महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा जिल्ला अध्यक्ष सुरेन्द्र विष्टले चुनावी प्रचार प्रसारका लागि नेताहरूलाई जिम्मेवारी दिइएको बताए ।

एमाले कञ्चनपुरले जिल्लामा उपाध्यक्ष लक्ष्मी बुढा, क्षेत्र नम्बर १ मा केन्द्रीय सदस्य इन्दु कडरिया (विष्ट), क्षेत्र नम्बर २ मा सल्लाहकार परिषद् सदस्य गोविन्द कलौनी र क्षेत्र नम्बर ३ मा लेखा आयोगका सदस्य ईश्वरीप्रसाद खरेललाई निर्वाचन परिचालन कमिटीको जिम्मेवारी दिएको छ । 

एमालेले अब पालिका तथा वडा स्तरमा समेत नेताहरूलाई जिम्मेवारी दिएर अघि बढ्ने योजना बनाएको अध्यक्ष विष्टले बताए । प्रदेशसभा क्षेत्र नम्बर २ (ख) का उम्मेदवार समेत रहेका अध्यक्ष विष्टले घोषणापत्र निर्माणको तयारी जुटेको समेत बताए । अहिले पार्टी सम्बद्ध संघ संगठनबाट सुझाव संकलन गरिरहेको भन्दै अध्यक्ष विष्टले अब विकास निर्माण विषय समेत राखेर घोषणापत्र तयार पारिने बताए । 

जिल्ला कमिटीले घोषणापत्र तयारीमा जुटेको भन्दै पत्रकारका समेत सुझाव संकलन गर्ने कार्य रहेको बताए । पत्रकार सम्मेलनमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार निरु पालले विगतमा आफूहरूले गरेको कामकै आधारमा जनतामाझ जाने बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप