प्रभु साहले सुरु गरे स्वतन्त्र उम्मेदवार जिताउन अभियान
आइतबार, ३० असोज २०७९, १९ : ३०
नेकपा एमालेको टिकट अस्वीकार गरी प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहले स्वतन्त्र उम्मेदवार जिताउ अभियान सुरु गरेका छन् । आफूसहित मधेस प्रदेश जिल्लामा स्वतन्त्र उम्मेदवारी दिएका नेताहरुलाई जिताउन स्वतन्त्र उम्मेदवार जिताउ अभियान सुरु गरेका हुन् ।
साहले आफ्नो संयोजकत्वमा मधेस प्रदेशका ८ वटै जिल्लामा जिल्ला संयोजकहरू समेत चयन गरेका छन् । उनको अभियानअन्तर्गत पर्सामा बाबुराम कौशिक, बारामा अशोक लामा, रौतहतमा त्रिभूवन साह अमर, सर्लाहीमा राजनन्दन चौधरी, महोत्तरीमा राधेश्याम साह, धनुषामा श्रीलाल महासेठ, सिरहामा सरोज यादव, सप्तरीमा वसन्त मण्डल जिल्ला संयोजक रहेका छन् ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण