बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

मुक्तिनाथ कृषि कम्पनीको चौथो साधारणसभा सम्पन्न

सोमबार, ३१ असोज २०७९, १४ : ३८
सोमबार, ३१ असोज २०७९

मुक्तिनाथ विकास बैंक तथा नेपालका विभिन्न व्यवसायिक क्षेत्रमा संलग्न व्यक्तिहरुको लगानीमा स्थापना भई समग्र कृषि मूल्य शृंखलामा व्यवस्थापकीय भूमिका निर्वाह गर्ने उद्देश्यका साथ अघि बढिराखेको मुक्तिनाथ कृषि कम्पनीले आफ्नो चौथो बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

साधारणसभाले सामान्य प्रस्ताव अन्तर्गत अध्यक्षको आ.व.२०७८÷०७९ को वार्षिक प्रतिवेदन उपर छलफल तथा पारित, सोही आर्थिक वर्षको वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह लगायतका विवरण उपर छलफल तथा पारित र आगामी आर्थिक बर्षको लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गरेको छ ।

यसैगरी विशेष प्रस्तावहरू मार्फत ५५.५५% हकप्रद शेयर निष्कासन, कम्पनीको चुक्ता तथा जारी पुँजी क्रमशः ५६ करोड र ७० करोड पुर्याउने प्रस्ताव पारित गरेको छ । साथै कम्पनीको प्रबन्ध पत्र तथा नियमावली उपर संसोधन प्रस्ताव समेत पारित गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप