सोह्रौँ पञ्चवर्षीय योजना पूर्ण कार्यान्वयनमा जाने उपाध्यक्षको दाबी,आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याइने
काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठले १६औँ आवधिक योजनाले विद्यमान अवस्था,समस्या र चुनौतीहरूको गहिराइको साथ विश्लेषण गरेको उल्लेख गर्दै उत्पादन र रोजगारीलाई प्राथमिकता दिएको बताएका छन् । उनले यो योजना पूर्ण कार्यान्वयन हुने दाबी गरे ।
‘हामीले सोह्रौँ योजनाको लक्ष्य महत्त्वाकाङ्क्षी नराखेर त्यसलाई कसरी पूरा गर्न सक्ने बनाउने र कसरी योजनालाई पूर्ण कार्यान्वयनमा लैजाने कुरालाई धेरै ध्यान दिएका छौँ । त्यस कारण यो योजनामा राखिएको कुरालाई कसरी कार्यान्वयन गर्ने भनेर त्यसतर्फ धेरै जोड दिएका छौँ ।’
उनले सोह्रौँ योजनाले उत्पादन र रोजगारीलाई महत्त्व दिएको बताए । उनले भने, ‘सोह्रौँ योजनाले उत्पादन र रोजगारीलाई जोड दिन्छ ।’
सोह्रौँ पञ्चवर्षीय आवधिक योजना (२०८१/०८२–२०८५/०८६) को सार्वननिक गर्दै उनले यो योजना पन्ध्रौँ भन्दा फरक भएको बताएका हुन् । सोह्रौँ योजनाले पाँच वर्षमा औसत ७.३ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने महत्त्वाकाङ्क्षी लक्ष्य लिएको छ ।
‘अहिले तीन तहको सरकार आएपछि सरकारको प्राथमिकता पूर्वाधारमा फोकस हुँदा सामाजिक सूचक कतै खस्कन थालेको छ कि भन्ने देखिएको छ । त्यस कारण अब आयोजनालाई तीन वर्गमा वर्गीकरण गरिने छ,’ उपाध्यक्ष श्रेष्ठले भने ।
त्यस्तै, पाँच वर्षमा प्रतिव्यक्ति आय वार्षिक दुई हजार तीन सय ५१ अमेरिकी डलर पुर्याउने लक्ष्य रहेको राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको अन्तर्वस्तुमा उल्लेख गरिएको छ । हाल प्रतिव्यक्ति आय १ हजार चार सय ५६ अमेरिकी डलर रहेको छ ।
मङ्गलवार बसेको मन्त्रीपरिषद्ले पारित गरेको उक्त सोह्रौँ योजनमा नेपाली नागरिकको औसत आयु ७१ वर्षबाट ७३ वर्ष पुर्याउने लक्ष्य राखिएको छ ।
यस्तै, उपाध्यक्ष श्रेष्ठले १६ औँ योजनाले विकास र समृद्धिका विद्यमान अवस्था र सम्भावनाहरू पहिचान गरेको बताए ।
उनले भने, ‘राजनीतिक नेतृत्व तह आर्थिक विकास र समृद्धिको मुद्दामा केन्द्रित छन्। तीन तहका सरकार आर्थिक–सामाजिक तथा पूर्वाधार विकासमा संलग्न छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण