‘भिटेन’ले फेरि ल्याए छाडा गीत
बुधबार, ०२ जेठ २०८१, १४ : १६
काठमाडौँ । छाडा र अश्लील गीतका कारण बेला-बेलामा पक्राउ पर्दै आएका र्यापर तथा गायक समीर घिसिङ ‘भिटेन’ ले फेरि अर्को छाडा गीत बजारमा ल्याएका छन् । ‘डन्ट जज मि’ बोलको उनको गीतमा थुप्रै अश्लील र अपाच्य शब्द प्रयोग भएको छ ।
गीत उनले आफ्नै कुरा राखेको जसरी तयार गरेका छन् । गीतको भिडियो पनि बनेको छ ।
भिटेन आफू समेत देखिएको भिडियोमा सोनार श्रेष्ठको अभिनय छ । भिडियोको कन्सेफ तथा निर्देशक पनि भिटेन आफैँले गरेका हुन् ।
दुई साता अगाडि सार्वजनिक गीत अहिलेसम्म १७ लाख बढीले हेरिसकेका छन् । ‘हामी यस्तै हो नि ब्रो’ गीत समाजलाई अपाच्य हुने खालको भएको भन्दै उनी केही वर्ष अगाडि पक्राउ समेत परेका थिए ।
केही दिनको पछि अश्लील र आपत्तिजनक गीत प्रयोग नगर्ने भन्दै छुटेका थिए । रौतहटमा जन्मिएका भिटेन ‘चुरोट’ नामको गीतबाट चर्चामा आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम सरकारमा एमालेले बदल्दै मन्त्रीहरूको टोली, पठाइए नयाँ अनुहार
-
संघलाई प्रदेशको चुनौतीः पहिलेको अकर्मण्यता, अहिलेको सनक
-
निजामती कर्मचारी अस्पतालको सेवा अब प्रदेशस्तरमा पनि उपलब्ध
-
कम्बोडियामा ६६ नेपाली सम्पर्कविहीन (नामावलीसहित)
-
परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता
-
ईभी ट्याक्सी चलाएर डेढ लाखसम्म आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण