ओटीटीमा ‘चपली हाइट–३’
बुधबार, ०२ जेठ २०८१, १३ : ४८

काठमाडौँ । कोरोना सङ्क्रमणको जोखिमको समयमा हलमा प्रदर्शनमा आएको नेपाली फिल्म ‘चपली हाइट–३’ ओटीटी प्लेटफर्म सिनेमा घर एपमा रिलिज भएको छ । मंगलबारदेखि यो फिल्म विश्वभरबाट सिनेमा घर एपको प्रयोग गरी हेर्न सकिने भएको हो ।
२०७८ पुस ३० गते सिनेमा हलमा प्रदर्शन भएको तथा तीन दिनमा नै कोभिड–१९ को महामारीले हलहरू बन्द भएपछि यो फिल्म दोस्रो पटक फागुन २०७८ मा रिलिज भएको थियो । उक्त समयमा पनि फिल्मले दर्शक पाएन ।
निकेश खड्काद्वारा निर्देशित यो फिल्ममा स्वस्तिमा खड्का, अर्पण थापा, महेश त्रिपाठी, लक्ष्मी वर्देवा, आमिर गौतम, प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौला लगायतको अभिनय छ ।
सस्पेन्स–थ्रिलर जनरामा बनेको यो फिल्म चपली हाइट सिरिजको तेस्रो शृङ्खला हो । यसअघि सिनेमा घर एपमा जय भोले, कबड्डी–४, महापुरुष, जारी, ‘पानी फोटो जस्ता रिलिज भैसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजार १९ अङ्कले बढ्यो, बैङ्किङ समूहमा रौनक
-
भिजिट भिसा प्रकरण : चार जनाको डिभाइस अख्तियारकाे नियन्त्रणमा
-
युवासंघ महाधिवेशनको तयारी पूरा, पूर्व सन्ध्यामा मार्चपास
-
व्यवसाय विस्तारको प्रमुख बाधक नीतिगत अस्थिरता हो : अञ्जन श्रेष्ठ
-
उदयपुरमा यौनधन्दा चलाउने र संलग्न १३ जनाविरुद्ध मुद्दा दर्ता
-
एमाले गण्डकी प्रदेश सदस्य छन्त्याल माओवादी केन्द्रमा प्रवेश