प्रहरी दिवसमा तीन डीएसपी पुरस्कृत
प्रहरी प्रधान कार्यालयले ६७ औँ प्रहरी दिवसको अवसरमा तीनजना डीएसपीहरुलाई पुरस्कृत गरेको छ । आईजीपी धिरजप्रताप सिंहले डीएसपीहरु अंगुर जिसी, रुगम कुँवर र अनिल घिमिरेलाई पुरस्कार प्रदान गरेका हुन् ।
कार्यदक्षता मूल्याङ्कन (पुलिस व्याटन) तर्फ उत्कृष्ट कार्यालय व्यवस्थापन गरेको मूल्याङ्कन गरेर डीएसपी अंगुर जिसीलाई पुरस्कृत गरिएको छ । आन्तरिक तर्फ उत्कृष्ट कार्यालय व्यवस्थापन गरेका जिसी प्रहरी वृत्त महाराजगञ्जका इन्चार्ज हुन् ।
डीएसपी रुगम कुँवरले उत्कृष्ट अनुसन्धानकर्ताको सम्मान पाएका छन् । ईलाका प्रहरी कार्यालय अनारमनीमा कार्यरत कुँवरले झापामा एकजना भारतीय नागरिकको हत्या भएको घटनामा संलग्न आरोपीलाई पक्राउ गरेर कानुनी दायरामा ल्याएका थिए ।
डीएसपी अनिल घिमिरेले पूर्णशान्ति पुरस्कार पाएका छन् । कुल ५० हजार राशि बराबरको सो पुरस्कार २५ हजार नगद र २५ हजार बराबरको मेडल दिने गरिन्छ । प्रहरी वृत्त कालिमाटीमा कार्यरत घिमिरेलाई सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा आईजीपी सिंहले पूर्णशान्ति पुरस्कार प्रदान गरेका हुन् । पूर्णशान्ति पुरस्कार पूर्व आईजीपी पूर्णबहादुर खवास र उनकी पत्नी शान्तिदेवी खवासले स्थापना गरेका हुन् ।
प्रहरी निरीक्षक दीपक थापालाई योगेन्द्र स्मृति साहसिक तथा जोखिमपूर्ण पुरस्कार प्रदान गरिएको छ । कार्यदक्षता मूल्याङ्कन (पुलिस व्याटन)मा ट्राफिक व्यवस्थापन तर्फ प्रहरी उपरीक्षक योगेन्द्र सिंह थापा पुरस्कृत भएका छन् । एसपी थापा प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलमा कार्यरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
