‘के घर के डेरा’ ले कस्तो गर्दैछ व्यवसाय ?
तिहारको अवसर पारेर शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘के घर के डेरा’ ले बक्सअफिसमा व्यवसाय राम्रो गर्न सक्ने देखिएको छ । रिलिजको दिन अर्थात शुक्रबार औसत व्यवसाय गरेको फिल्मले शनिबार भने राम्रो व्यवसाय गर्न सफल भएको छ ।
दीपेन्द्र के. खनाल निर्देशित फिल्म शनिवार बिहानदेखि साँझसम्म राजधानी र मोफसलका प्रायः हलमा दर्शकको राम्रो चाप देखिएको थियो । नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूफएक्सले शनिबार दिएको शो सबै राम्रो भएको वितरक बताउँछन् ।
राजधानीका ठूला मल्टीप्लेक्सहरु बिग मुभिज, क्यूज सिनेमाज्, वान सिनेमाज्, एफक्यूब, विएसआर, आइएनआइ, रञ्जना सिनेप्लेक्स लगायतमा फिल्मले राम्रो व्यवसाय गरेको निर्देशक दीपेन्द्र के खनालले बताए । उनले भने, ‘फिल्म हेरेर दर्शक रमाइरहेका छन् ।’ सोमबारबाट एक हप्ता लामो तिहार र छठको विदा परेकाले फिल्मले अझै राम्रो ब्यवसाय गर्ने उनको विश्वास रहेको छ ।
काठमाडौंमा घर हुने र नहुनेहरुको समस्याको कथा बिषय बनाएको फिल्ममा दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, रविन्द्र झा, लक्ष्मी गिरी, कोशिश क्षेत्री, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, घनश्याम जोशी लगायत कलाकारको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण