फेसबुक पेज र ग्रुप हटाउन आयोगको निर्देशन, नहटाए कारबाही
निर्वाचन आयोगले लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्यदृश्य सामग्री प्रकाशन गर्ने केही फेसबुक पेज तथा ग्रुप हटाउन निर्देशन दिएको छ ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि दलहरूको उम्मेदवारी दर्ता भइसकेको सन्दर्भमा ‘नो, नट अगेन, नो नट अगेन र नो. नट अगेन नामका फेसबुक पेज र ग्रुपहरुबाट निर्वाचन सम्बन्धी भ्रामक श्रव्यदृश्य सामग्री प्रकाशन भएको पाइएको भन्दै आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
झूटा फेसबुक पेज तथा ग्रुपहरू सिर्जना गरी दलका नेताहरु विरुद्ध प्रचार प्रसार गर्ने कार्य विद्युतीय कारोवार ऐन र निर्वाचन (कसूर तथा सजाय) ऐनको प्रतिकूल रहेको आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उल्लेखित कसूर गर्ने व्यक्तिहरुलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको हुँदा ती पेज तथा ग्रुपहरू तत्काल हटाउन आयोगले भनेको छ। साथै, उक्त फेसबुक पेज ग्रुपहरू तत्काल नहटाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने आयोगले स्पष्ट गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण