ट्याक्टर अनियन्त्रित भई पल्टियो, दुई जनाको घटनास्थलमै मृत्यु
बिहीबार, १० कात्तिक २०७९, १३ : ५३
सिरहाको कल्याणपुरमा ट्याक्टर अनियन्त्रित भई पल्टिँदा दुई जनाको मृत्यु भएको छ । भित्रिसडक अन्तर्गत कल्यणपुरकै भोक्राहाबाट कल्याणपुर बजारतर्फ आउँदै गरेको नम्वर नखुलेको ट्याक्टर कल्याणपुर १० पर्चिलवामा दुर्घटना हुँदा चालक कल्याणपुर नपा ४ का ३० को छेदुवा गोइत र केरा साहु सोही नगरपालिका ११ का ४५ वर्षिय दुखिया साहको घटनास्थमै मृत्यु भएको हो ।
छठ पर्वको लागि कल्याणपुर बजारमा विक्रिको लागि ट्याक्टरमा केरा ल्याउँदै गरेको अवस्थमा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा च्यामिएर दुवैजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टरको नम्वरप्लेट मेटिएकाले देखिने अवस्थामा छैन । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल सिरहा लाने तयारी भईरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण